कन्टिनेन्टलले मानेन अदालतको आदेश
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा समेत मुछिएका सुहृद घिमिरेको कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिले बालाजु औद्योगिक क्षेत्रभित्र पर्ने जग्गामा बलमिच्याइँ गर्ने काम अझै छाडेको छैन । कन्टिनेन्टलको बलमिच्याइँले गर्दा अरू उद्योगहरूले मर्का र समस्या झेल्नु परिरहेको छ ।
बालाजु औद्योगिक क्षेत्रको ६ सय ७० रोपनी जग्गामध्ये २९ रोपनी चक्रपथभित्र पर्छ । उक्त औद्योगिक क्षेत्रमा १ सय ४१ वटा उद्योग÷प्रतिष्ठान छन्, जसमा चालु उद्योगहरूको संख्या १ सय २५ र निर्माणाधीन उद्योगहरूको संख्या ११ छ । औद्योगिक क्षेत्रसहित चक्रपथभित्र पर्ने अरू जग्गामा समेत काठमाडौं महानगरपालिकाले २०५८ सालमा चःमति एकीकृत जग्गा विकास आयोजना सुरुवात ग¥यो । सो आयोजनामा चक्रपथभित्र पर्ने औद्योगिक क्षेत्रको २९ रोपनी जग्गासहित अरू जग्गाहरूलाई पनि आयोजनाले एउटै कित्ता बनाएर प्लानिङ गर्ने काम ग¥यो । यसरी प्लानिङ गर्दा बाटो, ढललगायतमा २९ मध्ये १२ रोपनी जग्गा कटाएर १६ रोपनी औद्योगिक क्षेत्रको भागमा प¥यो । आयोजनाले प्लानिङमा परेको जग्गाबाट योगदान प्रतिशत कटाएर दिने प्रावधान छ र यस्तो प्रावधान उपत्यकाका अरू आयोजनाहरूमा पनि लागु हुँदै आएको छ ।
कन्टिनेन्टलले गैरकानुनी रूपमा कब्जा जमाउँदै आएको औद्योगिक क्षेत्रको करिब १४ रोपनी जग्गा चक्रपथभित्रै र चःमति आयोजनाभित्रै पर्दछ । उक्त २९ रोपनी जग्गामध्ये औद्योगिक क्षेत्रले १० वटा उद्योगलाई भाडामा दिएको थियो । चःमति आयोजनाले गर्दा अहिले जग्गा १६ रोपनी मात्रै रहेको छ र पहिला रहेका १० वटै उद्योगलाई सो जग्गा दामासाही रूपले बाँड्नुपर्ने हुन्छ । तर, कन्टिनेन्टलले भने आफूले पहिला लिएको जग्गा एक टुक्रा पनि नछाड्ने अडान राख्दै आएको छ । उसले जबर्जस्ती रूपमा कब्जा जमाइरहेको १४ रोपनी जग्गा नै आफ्नो हुनुपर्ने जिकिर गरिरहेको छ ।
कन्टिनेन्टलले सबै जग्गा कब्जा गरेपछि औद्योगिक क्षेत्रले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले फैसला गर्दै ‘प्रतिशत कटाएर जग्गा वितरण गर्नुपर्ने’ आदेश दिइसकेको छ । तर, कन्टिनेन्टलले भने अदालतको आदेशलाई समेत अवज्ञा गर्दै सबै जग्गामा कब्जा जमाउँदै आइरहेको छ । औद्योगिक क्षेत्रले अदालतको आदेश मान्न कन्टिनेन्टलका प्रतिनिधिलाई सम्झाउँदा पनि आदेश नमान्ने र उल्टै आफ्ना मानिसहरू पठाएर औद्योगिक क्षेत्रका कर्मचारीहरूलाई धम्क्याउने काम गर्दै आएको छ ।
कन्टिनेन्टलको अडानका कारण सो क्षेत्रभित्रका १० वटा उद्योग मर्कामा परेका छन् । अरू उद्योगहरूले १६ रोपनीमध्ये दामासाहीले बाँड्दा आफूहरूलाई स्वीकार्य हुने बताए पनि कन्टिनेन्टलले भने आफूले जग्गा नछाड्ने देखिएपछि अरू उद्योगीहरू पनि आजित बन्न पुगेका छन् । कन्टिनेन्टलले सो जग्गा अवैध र गैरकानुनी रूपमा ओगटेको विषयमा पनि अहिलेसम्म कुनै टुंगो लागिसकेको छैन । उक्त जग्गामा कन्टिनेन्टलले हेभी उपकरण राखेर त्यसको बिक्री गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply