कोरोनाविरुद्धको ऐक्यबद्धताले दिएको सन्देश
सिंगो विश्व नै कोरोना भाइरसविरुद्ध सचेत, सतर्क र संगठित बन्न थालेको छ । करिब डेढ महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोनाले अहिले विश्वव्यापी रूप लिएको छ । विकसित, विकासोन्मुख र कम विकसित सबै मुलुकका नागरिक कोरोनाको पीडा झेल्दैछन् । विश्वका लाखौं जनतालाई प्रभावित तुल्याएको कोरोनाका कारण कैयांैले ज्यान गुमाइसकेका छन् । कतिपय मुलुकले त संकटकाल घोषणा गरेर कोरोनाविरुद्ध प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय कोरोनाविरुद्ध सतर्कता अपनाउने, आमनागरिकलाई सचेत तुल्याउने र पूर्वतयारी अपनाउनेजस्ता कार्यमा नेपालले पनि अग्रसरता देखाएको छ । हुन त अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित व्यक्ति फेला परेका छैनन् । तर, सतर्कता अपनाउनु आवश्यक भइसकेको थियो । विश्वव्यापी रूपमै महामारीका रूपमा फैलिएको कोरोनाको जोखिममा नेपाल नपर्ला भनेर किटान गर्न सकिने ठाउँ थिएन । किनकि, महामारीले कुनै देशको सीमा भन्दैन, कुनै दसगजालाई चिन्दैन ।
कोरोनाविरुद्ध विभिन्न राष्ट्र संगठित बन्न थालेका छन् । पछिल्लो समय कतिपय राजनीतिक, आर्थिक मुद्दाहरूलाई थाती राखेर दक्षिण एसियाली मुलुकहरूबीच ऐक्यबद्धता देखिएको छ । छिमेकी मुलुक भारतले कोरोनाविरुद्ध सतर्कता अपनाएसँगै दक्षिण एसियाली मुलुकहरूबीच ऐक्यबद्धताका लागि आह्वान ग¥यो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई कोरोनाजस्तो महामारीविरुद्ध उभ्याउने ध्येय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा देखिनु आफैंमा सुखद र आश्चर्यको विषय हो । उनकै पहलमा सार्क राष्ट्रका प्रमुखहरूबीच अन्तरसंवादसमेत हुन पुगेको छ । कोरोनाविरुद्ध लड्न एउटा कोषको पनि व्यवस्था हुन पुगेको छ । यो सुखद पक्ष हो ।
भारत–पाकिस्तानबीचको बढ्दो मनमुटावका कारण सार्क लगभग ‘कोमा’मै पुगिसकेको थियो । यो अवधिमा सार्कको अस्तित्वलाई मेटेर भारतले बिमस्टेकलाई अघि बढाउन चाह्यो । अझ, कस्मिर मुद्दापछि त पाकिस्तानसँगको तिक्तता झनै बढेको हुँदा सार्क अब अतितको विषय बन्ने निश्चितजस्तै थियो । तर, कोरोनाले सार्कको धुकधुकी अझै रहेको देखाएको छ र धेरै वर्षको अन्तरालपछि भारत–पाकबीच संवादको अवस्था सिर्जना भयो । हुन त युरोपेली मुलुकहरूलाई अहिले कोरोना भाइरसले जसरी गाँजेको छ र कतिपय युरोपेली राष्ट्रहरूले कडा सतर्कता अपनाइसकेका छन् । नेपाल, भारतलगायत दक्षिण एसियाली मुलुकहरूमा भने कोरोनाको असर त्यति धेरै देखिएको छैन । तर, यी मुलुकहरूले सतर्कता अपनाउनु भने निकै जरुरी छ । अझ भारतले त कडा सतर्कता अपनाउनैपर्छ । यदि भारतजस्ता मुलुकमा कोरोनाको संक्रमण देखियो भने त्यसले निकै चाँडै असर पु¥याउन सक्छ र त्यसले लाखौं मानिसहरूलाई प्रभावित तुल्याउन सक्छ । खुला सिमानाका कारण नेपाल पनि चपेटामा पर्न सक्छ । चीनपछि दोस्रो धेरै जनसंख्या रहेको भारतमा कोरोना महामारी फैलियो भने त्यसलाई थेग्न हम्मेहम्मे नै पर्छ ।
कोरोनाको बढ्दो महामारीले विश्व अर्थतन्त्रले ठूलो झट्का बेहोर्ने निश्चितजस्तै छ । अहिले नै त्यसका असर र संकेतहरू देखा पर्दैछन् । निश्चय नै, नेपाल पनि त्यसबाट अलग हुनेछैन । जसरी अर्थतन्त्रले धक्का खाँदैछ, त्यसरी नै आममानिसमा व्याप्त त्रासको मनोविज्ञान पनि उत्तिकै झाँगिदै छ । सतर्कता अपनाउनु अनिवार्य त छँदैछ । तर, कोरोनाको त्रासले गर्दा प्रायः अधिकांश गतिविधि शून्य हुँदैछन् । देशभित्र र बाहिर मानिसहरूको आवतजावतमा कमी आइसकेको छ । दैनिक उपभोग्य सामग्रीहरूको अभाव हुने लखका आधारमा बढी सञ्चित गर्ने प्रवृत्ति देखिएको छ । आवश्यकताभन्दा बढी सञ्चित गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन पुगेको छ । सरकारले कोरोनाविरुद्ध अस्पतालहरूमा आईसीयु बेड थप्ने, कोरोना संक्रमितका लागि उपचारार्थ आवश्यक जनशक्ति थप्ने, सभा–सम्मेलन नगर्न आह्वान गर्नेजस्ता कार्य त गरेको छ । तर, आमजनतामा फैलिएको त्रासलाई हटाउनेतिर भने सरकारको प्रयत्न अझै भएको पाइएको छैन । केही दिनअघि भारतले अरु मुलुकका नागरिकलाई भिसा दिन बन्द गरेपछि नेपालीहरूले दैनिक उपभोग्य सामग्रीहरू पनि भारतले रोक्ने हो कि भन्ने अनुमान लगाए र बढी सञ्चित गर्न थाले । कोरोनाको त्रास त छँदै छ, त्योभन्दा पनि नेपालीहरूमा अझ ठूलो त्रास त दैनिक उपभोग्य सामग्रीहरूको अभाव हुने हो कि भन्ने देखियो ।
तर, दक्षिण एसियाली मुलुकहरूबीच पछिल्लो समय कोरोनाविरुद्ध जुन ऐक्यबद्धता प्रकट हुन पुगेको छ, यसले राम्रो संकेत र सन्देश प्रवाहित गरेको छ । विश्वव्यापी रूपमै फैलिइरहेको कुनै महामारीविरुद्ध लड्न एकअर्काे राष्ट्रबीच ऐक्यबद्धता प्रकट हुनु सुखद पक्ष हो ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply