जिरो ब्यालेन्समै टेलिकमबाट फोन र डेटा सेवा
८ बैशाख, काठमाडौं । नेपाल टेलिकमले लकडाउनको समयमा निःशूल्क सेवा दिने भएको छ ।
कम्पनीले वितरण गरेका सिम कार्डमा ब्यालेन्स न्युन भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने छन् ।
यो सुविधा सोमबार राती १२ बजेबाट लागु हुनेछ । ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि कम्पनीले यो विशेष प्याकेज सार्वजनिक गरिएको हो ।
जिरो ब्यालेन्स नाम दिइएको प्याकेजमा टेलिकमले नेटवर्क्भित्र प्रयोग गर्न सकिने गरी २५ वटा अन(नेट एसएमएस, ५० मिनेट अन(नेट भ्वाइस, एक सय एमबी डेटा उपलब्ध गराउनेछ ।
आगामी २ दिनसम्म उपलब्ध गराइने यो प्याकेजको अवधि ७ दिनको हुने बताइएको छ । प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने कम्पनीले जनाएको छ ।
उक्त एसएमएसको निर्धा्रित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिनेछ । सो प्याकेज लिन अयोग्य नम्बरमा भने प्याकेज प्रदान गर्न नसकिएको जानकारी प्राप्त हुनेछ । प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई मात्र उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply