महाधिवेशन नजिकिँदा ‘आफू अनुकूल’ कारबाही
काठमाडौं । महाधिवेशनअगावै ‘काँडा पन्छाउने’ उद्देश्यले संघीय एवं प्रदेशसभाको निर्वाचनमा पार्टीको उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको आक्षेप लगाउँदै केही दिनअघि नेपाली कांग्रेसले तीनजना नेतालाई निष्कासन ग¥यो । कांग्रेसले पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यसमितिका सदस्य रामबहादुर विष्टलाई अनुशासनको कारबाही गरी निष्कासित गरेको थियो ।
तर, संघीय, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको आरोप लागेका केन्द्रदेखि जिल्ला तहसम्मका नेता–कार्यकर्ताविरुद्ध उजुरी परे पनि तीनजना नेतालाई मात्रै कारबाही गरिनुमा कांग्रेसहरू नै चकित परेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आफू, आफ्नी पत्नी आरजू राणा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संघीय निर्वाचनको बेला असहयोग गर्ने र हराउन भूमिका खेल्ने नेताहरूलाई मात्रै कारबाहीको दायरामा ल्याएका छन् । नेता जोशीमाथि गएको संघीय संसद्को निर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका वरिष्ठ नेता पौडेललाई हराउन भूमिका खेलेका र ओझाले भने राणालाई कैलाली–५ मा हराउन भूमिका खेलेको भन्दै निष्कासित गरेको जनाइएको छ । यसरी नै विष्टलाई भने सभापति देउवाविरुद्ध अन्तरघात गरेको आरोप लगाएर निष्कासित गरिएको हो ।
कारबाहीमा परेका यी तीनै नेतामाथि कांग्रेसको अनुशासन समितिले निष्कासित गरेको हो । निर्वाचनको बेला अन्तरघात गर्ने नेताहरूमाथि कारबाहीका लागि उजुरी परेपछि सो समितिमाथि नेतृत्व तहबाटै दबाब दिइँदै आएको थियो । तर, गुटगत कारणले गर्दा समितिले कारबाही गर्न सकेको थिएन । पछिल्लो समय भने देउवाले पौडेल समूहका ओझा र विष्टलाई र पौडेलले जोशीलाई कारबाही गर्न तीव्र दबाब दिएपछि तीनै नेता कारबाहीमा परेका हुन् । जोशी र ओझालाई पाँच र विष्टलाई तीन वर्षका निम्ति निष्कासित गरिएको हो ।
यसैबीच, आगामी फागुनमा महाधिवेशनको तयारीमा जुटेको कांग्रेसभित्र केही समूहले आ–आफ्नो तयारी सुरु गरेका छन् । कोइराला समूहबाट सभापतिमा प्रत्यासी बनेका वरिष्ठ नेता पौडेलले नवौं महाधिवेशनमा पराजय चाखे पनि आगामी महाधिवेशनमा पनि सोही पदमा उठ्ने तयारीमा छन् । त्यसका निम्ति उनले सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेका छन् । तर, कोइराला समूहले पौडेललाई सभापतिमा उठाउने वा नउठाउने भन्नेबारे अहिलेसमम कुनै टुंगो लागिसकेको छैन । कोइराला समूहबाट महामन्त्री डा. शशांक कोइराला र अर्का नेता डा. शेखर कोइराला सभापतिको प्रत्यासी हुने सम्भावना पनि उत्तिकै रहेको छ ।
कांग्रेसभित्र अर्को समूहका रूपमा गएको महाधिवेशनदेखि उदाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि महाधिवेशनलाई लक्षित गरेर आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । सो समूहमा युवानेता गगन थापालगायत नेताहरू सामेल छन् । संस्थापन र पौडेल समूहजत्तिको शक्तिशाली नरहे पनि सो समूहले आफ्नो प्रभाव भने केही हदसम्म महाधिवेशनमा छाड्ने सम्भावना निश्चित रूपमा देखिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply