नेम्वाङको प्रवेशपछि ओली झन् कडा
काठमाडौं । उत्कर्षमा पुगेको विवाद सेफल्यान्डिङका लागि डेढ महिनादेखि सहमति जुटाउने छलफलको गोलचक्करमा रुमलिएका प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अझै एकताको कुनै नयाँ सन्देश दिन सकेका छैनन् । दिनहुँजस्तै बालुवाटारमा भइरहेको छलफल बिनानिष्कर्ष टुंगिने नियति दोहोरिरहेकाले नेकपा पंक्ति झन्झन् निरास बन्दै गएको छ । सरकार अकर्मण्यको अक्करमा फसेको दिशाहीन यात्रीजस्तै बनेको छ ।
म नै राज्य हुँ, म नै पार्टी हुँ, मैले सोच्ने तरिका, दिने निर्देशन नै संविधान, कानुन, विधि र प्रक्रियाभन्दा माथि छ भन्नेजस्तो नेतृत्वको चिन्तनका कारण नेकपाभित्र लोकतान्त्रिक प्रक्रिया करिब शून्यको अवस्थामा पुगेको छ ।
गत १३ साउनमा बहुमत स्थायी समिति सदस्यहरू बसेर गरेको छलफल र पार्टी एकता बचाउन गरेको निर्णयलाई समेत ओलीले मान्यता नदिएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरू कुनै न कुनै बाध्यकारी ‘बोल्ड’ कदम चाल्नुपर्ने अवस्थामा पुगेका छन् । यद्यपि, त्यस्तो कदमले पार्टी एकतामा आँच पुग्न सक्ने वा विभाजन हुन सक्नेतर्फ पनि प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपालले आवश्यक सजगता पनि अपनाइरहेका छन् ।
१३ साउनपछि संवादहीनता तोडेर सुरु भएको छलफलमा ओलीका तर्फबाट छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रवेश भएको छ । पार्टी कामको जिम्मेवारीका कारण दुवै अध्यक्षसँग समन्वयकारी भूमिका निभाइरहेका महासचिव विष्णु पौडेलको सट्टा छलफलमा नेम्वाङको प्रवेशपछि प्रधानमन्त्री ओली अझ कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।
त्यसो त प्रचण्डले पनि आफ्नो समूहका तर्फबाट सहजीकरणका लागि वरिष्ठ नेता झलनाथ खनाललाई छलफलमा राखेका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री नछाड्ने बटमलाइन दोहो¥याएर जेजे छाड्नुपर्ने हो, तपाईंले छाड्नुस् भन्दै उल्टै प्रचण्डलाई नेतृत्व छाड्न चुनौती दिएका छन् । छलफलमा नेम्वाङको प्रवेशसँगै प्रधानमन्त्रीमा झन् कडा रूपमा सर्वसत्तावादी चिन्तनको भूत सवार भएको विश्लेषण गर्न थालिएको छ ।
त्यसो त हठ र दम्भ प्रस्तुत गरिरहेका ओलीको प्रस्तुतिलाई नेम्वाङले दुवै पद नछाड्ने भन्दै सार्वजनिक रूपमै साथ दिँदै आएकै छन् । ‘मलाई विधानले अध्यक्ष छाड्न दिँदैन, त्यसैले मेरो तर्फबाट सम्झौता हुँदैन, बरु जेजे छाड्ने हो, तपाईंहरूले नै छाड््नुस्, सहमतिका लागि छलफल सुरु गर्ने हो प्रस्ताव तयारीका लागि सचिवालय बैठक बोलाऊँ ।’ प्रधानमन्त्रीको यस्तो भनाइ सुनेर दिक्क भएपछि सोमबार प्रचण्ड थप विवाद नगरी सवा घण्टाकै बीचमा बालुवाटारबाट बाहिरिएका थिए ।
जवाफमा प्रचण्डले स्थगित स्थायी समिति बैठक सुचारु गरेर केन्द्रीय कमिटी बैठकबाटै हल खोज्नुपर्ने धारणा राखेका थिए । उनले ‘स्थायी समितिले नै बोलाएको अर्को बैठक परामर्शबिना तपाईंले रोक्नुभो, त्यसैले छलफल सुचारु गरेपछि मात्रै हुन्छ, विधानकै कुरा गर्ने हो भने केन्द्रीय कमिटी बैठकको माग भइसकेको छ, त्यहाँ जाऔं, छलफल गरौं’ भनेका थिए । तर, विधानलाई आफ्नो अनुकूल व्याख्या गर्नुको औचित्य नहुने भन्दै उल्टै ओलीले अर्को बखेडा झिकेको बताइएको छ ।
पछिल्लोपटक नेम्वाङको समन्वयकारी, सन्तुलित छवि पुरै बदलिएको छ । पार्टीभित्र उनी ओली गुटको प्रथम प्रवक्ताका रूपमा मात्रै खडा भएका छैनन्, मिलाउन विकल्प प्रस्तुत गर्नुको सट्टा शीर्ष नेताहरूलाई आपसमा जुधाउने काममा सक्रिय छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply