बढ्दो जोखिमले रोकियो एसईई नतिजा प्रकाशन
काठमाडौं । एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी गरे पनि कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि रोकिन पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन १५ देखि २५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, अब साउनभित्र नतिजा सार्वजनिक नहुने देखिएको छ ।
बोर्डले साउनको १८–१९ गतेतिर नै नतिजा सार्वजनिक गर्ने गरी सम्पूर्ण तयारी सिध्याएको थियो । बोर्डको बैठक बसेर निर्णय गर्न मात्रै बाँकी थियो । तर, काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा कोभिड–१९ को प्रकोप झनै बढ्न थालेपछि नतिजा प्रकाशन रोकिएको हो । एसईईको नतिजा सार्वजनिक भएलगत्तै कलेजहरूले भर्ना खुलाउने र विद्यार्थीहरूको भीड बढ्ने देखिएको हुँदा त्यसले झन् भयावह परिणाम निम्त्याउन सक्ने अनुमानमा बोर्डले नतिजा प्रकाशन स्थगित गरेको हो ।
यो वर्षको एसईईमा करिब साढे ४ लाख विद्यार्थी सामेल छन् । कोभिड–१९ को महामारीका कारण यसपटक एसईईको परीक्षा हुन सकेन । गएको चैत ८ गतेदेखि सुरु गर्नेगरी अन्तिम तयारी भइसकेपछि ६ गते परीक्षा स्थगित हुन पुगेको थियो । कोभिड–१९ को महामारी फैलिँदै गएका कारण सरकारले चैत ११ देखि लकडाउन ग¥यो र लकडाउन लम्बिँदै जाँदा एसईईको परीक्षा अनिश्चित बन्न पुग्यो । त्यसपछि सरकारले विद्यालयहरूले लिएको अन्तिम परीक्षाको प्राप्तांकका आधारमा नै एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
करिब साढे ४ लाख विद्यार्थीको नतिजा विद्यालयकै प्राप्तांकका आधारमा सार्वजनिक गर्ने तयारी चल्दै थियो । विद्यालयमा गठित तीन सदस्यीय समितिले विद्यार्थीहरूको प्राप्तांक प्रमाणित गरेर त्यसलाई विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा पठाएपछि सो एकाइले प्रमाणित गरेपछि बोर्डमा पठाइएको थियो । सोही आधारमा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।
सूत्रका अनुसार कोभिड–१९ को जोखिम कम हुन थालेपछि नतिजा सार्वजनिक हुनेछ । त्यसका निम्ति भदौ महिना नै पुग्न सक्ने बताइएको छ । पछिल्लो समय कोभिड–१९ को जोखिम बढ्दै गएको हुँदा सरकारले सर्ट डाउन गर्ने टुंगो गरेको थियो भने जोखिमयुक्त ठाउँमा सिल नै गर्न थालेको छ । यस्तो स्थितिमा एसईईको नतिजा सार्वजनिक गर्दा समस्या आउन सक्ने भएको हुँदा विद्यार्थीहरूलाई मर्का परे पनि नतिजा प्रकाशनमा ढिलाइ गर्नुपरेको बोर्ड सूत्रले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply