बढ्दो जोखिमले रोकियो एसईई नतिजा प्रकाशन
काठमाडौं । एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी गरे पनि कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि रोकिन पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन १५ देखि २५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, अब साउनभित्र नतिजा सार्वजनिक नहुने देखिएको छ ।
बोर्डले साउनको १८–१९ गतेतिर नै नतिजा सार्वजनिक गर्ने गरी सम्पूर्ण तयारी सिध्याएको थियो । बोर्डको बैठक बसेर निर्णय गर्न मात्रै बाँकी थियो । तर, काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा कोभिड–१९ को प्रकोप झनै बढ्न थालेपछि नतिजा प्रकाशन रोकिएको हो । एसईईको नतिजा सार्वजनिक भएलगत्तै कलेजहरूले भर्ना खुलाउने र विद्यार्थीहरूको भीड बढ्ने देखिएको हुँदा त्यसले झन् भयावह परिणाम निम्त्याउन सक्ने अनुमानमा बोर्डले नतिजा प्रकाशन स्थगित गरेको हो ।
यो वर्षको एसईईमा करिब साढे ४ लाख विद्यार्थी सामेल छन् । कोभिड–१९ को महामारीका कारण यसपटक एसईईको परीक्षा हुन सकेन । गएको चैत ८ गतेदेखि सुरु गर्नेगरी अन्तिम तयारी भइसकेपछि ६ गते परीक्षा स्थगित हुन पुगेको थियो । कोभिड–१९ को महामारी फैलिँदै गएका कारण सरकारले चैत ११ देखि लकडाउन ग¥यो र लकडाउन लम्बिँदै जाँदा एसईईको परीक्षा अनिश्चित बन्न पुग्यो । त्यसपछि सरकारले विद्यालयहरूले लिएको अन्तिम परीक्षाको प्राप्तांकका आधारमा नै एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
करिब साढे ४ लाख विद्यार्थीको नतिजा विद्यालयकै प्राप्तांकका आधारमा सार्वजनिक गर्ने तयारी चल्दै थियो । विद्यालयमा गठित तीन सदस्यीय समितिले विद्यार्थीहरूको प्राप्तांक प्रमाणित गरेर त्यसलाई विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा पठाएपछि सो एकाइले प्रमाणित गरेपछि बोर्डमा पठाइएको थियो । सोही आधारमा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।
सूत्रका अनुसार कोभिड–१९ को जोखिम कम हुन थालेपछि नतिजा सार्वजनिक हुनेछ । त्यसका निम्ति भदौ महिना नै पुग्न सक्ने बताइएको छ । पछिल्लो समय कोभिड–१९ को जोखिम बढ्दै गएको हुँदा सरकारले सर्ट डाउन गर्ने टुंगो गरेको थियो भने जोखिमयुक्त ठाउँमा सिल नै गर्न थालेको छ । यस्तो स्थितिमा एसईईको नतिजा सार्वजनिक गर्दा समस्या आउन सक्ने भएको हुँदा विद्यार्थीहरूलाई मर्का परे पनि नतिजा प्रकाशनमा ढिलाइ गर्नुपरेको बोर्ड सूत्रले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply