जसपाको अशिष्ट टिप्पणीमाथि खनिए नेकपाका नेता
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र नेकपाका नेताहरूले खेद प्रकट गरेका छन् ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि २५ साउनमा जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख गरिएको छ । प्रेस सल्लाहकार थापाले त्यसलाई कुण्ठाग्रस्त गालीगलौज र दिवालियापनको संज्ञा दिँदै निन्दा गरेका छन् । त्यस्तै, नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पनि त्यस्तो भाषा शैलीबाट जसपाको राजनीतिक स्तर कति कमजोर रहेछ भन्दै विज्ञप्तिमा उल्लिखित वाक्यांशको निन्दा गरेका छन् । सामाजिक सञ्जालमा जसपाको पछिल्लो आधिकारिक विश्लेषणप्रति नेकपाका थुप्रै नेता–कार्यकर्ताहरूले निन्दा गरेका छन् ।
‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो,’ प्रेस सल्लाहकार थापाले विज्ञप्तिमा भनेका छन्, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’
विज्ञप्तिमा शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुने उल्लेख गरिएको छ, ‘त्यस्ता तŒवहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोहीकसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । सिसाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य छ ।’
त्यस्तै, विदेश विभागका उपप्रमुख रिजालले भनेका छन्, ‘……प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको….’ भन्ने जसपाको विश्लेषणले उक्त पार्टी नै शारिरिक र मानसिक रूपमा कति कमजोर रहेछ भन्ने देखाउँछ । यसबाट व्यक्तिगत रूपमा प्रधानमन्त्री केपी ओलीलाई त केही फरक पर्दैन तर फुट्छ भन्ने अर्काको डरले बनेको पार्टीले अरूका बारेमा संस्थागत रूपमा यस्ता अमानवीय र आधारहीन कुरा गर्नुले त्यसका नेताहरूको राजनीतिक स्तर, संस्कार र समझलाई उजागर गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply