नेतृत्वका लागि पुत्रहरूको हानथाप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको चौधौं महाधिवेशनको मिति तोकिएको ६ महिनाअगावै आगामी नेतृत्वका लागि हानथाप सुरु भएको छ । कांग्रेस महाधिवेशन आगामी फागुनका लागि तोकिएको छ । तर, कोरोना महामारीका कारण महाधिवेशन तयारीका काम प्रभावित भइरहेका बेला नेतृत्वका लागि भने अहिल्यैदेखि हानथाप सुरु भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने चाहना व्यक्त गरिरहेका छन् भने अघिल्लो महाधिवेशनका प्रत्यासी रामचन्द्र पौडेलले उनीसँग बदला लिएर नेतृत्वमा आउन तयारी अगाडि बढाएका छन् । तर, दुवैजनाले नेतृत्व हाँक्न नसक्ने भन्दै पार्टी नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिका पुत्र र पुत्रीहरूले उत्तराधिकारी दाबी गर्दै धमाधम उम्मेदवारी सार्वजनिक गरिरहेका छन् ।
अहिलेसम्म दोस्रो पुस्ताबाट बीपी पुत्र तथा महामन्त्री डा. शशांक कोइराला, बीपीका भतिजा डा. शेखर, गिरिजा पुत्री सुजाता, गणेशमान पुत्र प्रकाशमान र निधि पुत्र विमलेन्द्रले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, अघिल्लोपटक सभापतिको उम्मेदवार बनिसकेका तेस्रो धार दाबी गर्ने कृष्णप्रसाद सिटौलादेखि सिनियर नेता दाबी गर्ने डा. रामशरण महत, गोपालमान श्रेष्ठलगायतले पनि दाबेदारीका लागि मसक्क आँट गरिरहेको कांग्रेसजनले बताउन थालेका छन् ।
विशेषतः देउवा इतरका धेरै नेताले दाबेदारी प्रस्तुत गरेपछि पौडेलले असहज महसुस गर्न थालेका छन् । उता, महाधिवेशनपछि एकलौटी केन्द्रीय विभाग गठन गरेका देउवाले केन्द्रीय समिति सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने दाउ हेरेर हाइसन्चो महसुस गरिरहेका छन् । नयाँ क्रियाशील सदस्यता वितरण पनि आफ्नै पक्षमा हुने देउवाको बुझाइ रहेको बताइन्छ । नेता पूत्रहरूमध्ये अहिलेसम्म नेतृत्वकै गुण देखाउनेगरी डा. शेखरले उम्मेदवारी प्रस्तुत गरेका छन् । उनले तेस्रो पुस्ताका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मामध्येबाट महामन्त्री बनाउने एक टेलिभिजनमार्फत सार्वजनिक गरेर आफ्नो अभियान तेज बनाउने प्रस्ट संकेत गरेका छन् । कोइराला परिवारबाट नेतृत्वको गुण भएका र सिनियरसमेत भएकाले शेखरको दाबेदारी स्वाभाविक भएसँगै शशांकले भने नेतृत्व हाँक्न नसक्ने चर्चा हुन थालेको छ । उनीहरू कोइराला परिवार एक भएर तेस्रो युवा पुस्तालाई साथ लिन सकेको खण्डमा जित स्वाभाविक हुने विश्लेषणमा छन् तर यसपटक पनि दाबेदार रहेका पौडेललाई मनाउन भने उनीहरूलाई हम्मे पर्ने बताउन थालिएको छ ।
देउवा खेमाबाट एक मात्र दाबेदार देखिएका निधिले आफूलाई साथ दिन उनीसँग पटकपटक आग्रह गरे पनि स्वयं देउवाले भने उनलाई अर्कोपटक पूर्ण रूपमा साथ रहने भन्दै आश्वस्त तुल्याउने कोसिस गरिरहेका छन् । अघिल्लोपटक पनि त्यस्तै भनिएको भन्दै निधि भने अर्को बलियो उम्मेद्वारसँग गठबन्धन गरेर जाने, देउवालाई मनाएर अघि बढ्ने वा चित्त बुझाउनेमध्ये दोधारमा रहेको बताइन्छ । पार्टीभित्र गुटभित्र पनि नेतैपिच्छेको उपगुट रहेकाले महाधिवेशनमा विशेषगरी शेखर, शशांक, सिटौला, निधि र सिंहको उपगुट बढी प्रभावी हुने आँकलन गरिएको छ । यीमध्ये धेरै उपगुट पौडेल समूहमा रहेका छन् । तेस्रो धारका युवा नेता थापा भने यसपटक सिटौलालाई साथ दिनेभन्दा पनि आफू महामन्त्री सुरक्षित हुनेतिर लागेकाले उनका समकालीन सशंकित बनेका छन् । सिटौला पनि थापासँग अझै आश्वस्त हुन नसकेको बताइन्छ । पब्लिक क्रेज थापामा रहे पनि पार्टीभित्र भने दूरदर्शी र बौद्धिक नेताका रूपमा विश्वप्रकाश शर्मा, चन्द्र भण्डारीहरू चिनिएिका छन् । समकालीन युवाहरूमध्ये धेरैले शर्मालाई नै बढि रुचाउँछन् । त्यस्तै, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेल, सुरेन्द्र पाण्डेलगायतका युवाहरू पनि तेस्रो पुस्तालाई स्थापित गर्नेभन्दा आफू सुरक्षित हुने सोचका साथ अगाडि बढ्ने तयारीमा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply