चेलीसँग माफी मागेपछि साइबर क्राइमको उजुरी फिर्ता
काठमाडौ । कतारमा रहेकी एक मकवानपुरे चेलीसँग सार्वजनिक रूपमो माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ । मकवानपुरको बकैया गाउँपालिकाकी उर्मिला थिङ (नाम परिवर्तन) ले ‘पुर्वेली कान्छो’ फेसबुक आइडी प्रयोग गर्दै आएका उदयपुर गाईघाटका चित्रबहादुर कामीविरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइबर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् ।
युवतीहरूलाई ब्ल्याकमेल गर्ने तथा अपशब्द प्रयोग गरी पैसा असुल्ने र शारीरिक सम्बन्धका लागि बाध्य पार्न खोजेको भन्दै ती युवतीले उजुरी दिएकोमा चित्रबहादुरले उर्मिलासँग माफी माग्नुका साथै आर्थिक कारोबारसम्बन्धी लेनदेन मिलाउने कागजसमेत गरेपछि मुद्दा फिर्ता गराइएको हो ।
फोन, भ्वाइस तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गरेको, अपशब्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै मकवानपुरे चेलीले कतारको साइवर क्राइममा उजुरी दिएकी थिइन् । बुधबार साप्ताहिकले गत साउन १४ को अंकमा ‘कतारमा बसेर नेपाली चेलीमाथि अत्याचार’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । उक्त उजुरी विवरणसहितको समाचार छापा तथा अनलाइनमा प्रकाशन भएपछि युवकले माफी मागेको बताइएको छ ।
चित्रबहादुरले सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकोप्रति सार्वजनिक माफी माग्दै आफूबाट गल्ती भएको स्वीकार गरेका छन् भने अब यस्तो गल्ती नदोहो¥याउने भन्दै माफी मागेका छन् । उनले मकवानपुरे चेलीलाई प्रयोग गरी एउटै कम्पनीका अन्य महिला कामदारबाट ब्याज दिन्छु भनी लिएको रकममा आधा रकम फिर्ता गरेको र बाँकी रकम एक महिनाभित्र फिर्ता गर्ने सर्तमा सम्बन्धित महिला कामदारहरूका नाममा कागज पनि गरेका छन् । राष्ट्रिय मानव अधिकार समिति दोहा कतारको कार्यालयमा पीडित र पीडक दुबै पक्षबीच मिलापत्रपछि साइबर क्राइममा दिइएको उजुरी पीडित युवतीले फिर्ता लिएकी हुन् ।
राष्ट्रिय मानव अधिकार समिति दोहा कतारका प्रतिनिधि प्र्रोफेसर मोहम्मद रमजान अली मियाँ, विश्वकर्मा समाजका सल्लाहकार पिताम्बर विश्वकर्मा, मकवानपुर मिलन केन्द्र अन्तर्राष्ट्रिय समन्वय परिषद संयोजक सरोज पुडासैनीलगायतको उपस्थितिमा पीडित र पीडक पक्षबीच मिलापत्र भएको बताइएको छ । कतारको कानुनभन्दा माथि कोही पनि नरहेको र पीडित मकवानपुरे चेलीले न्याय पाउने कुरामा विश्वस्त रहेको पुडासैनीले त्यतीबेलै बताएका थिए । यसमा मध्यस्थताका लागि पुडासैनीको ठूलो भूमिका रहेको युवतीले बताइन् । मूलतः कामीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा थिङको तस्बिर राखेर आपत्तिजनक स्टाटस लेखेर चरित्रहत्या गर्न खोजेको पीडितले गुनासो गरेकी थिइन् । कतारमा रहेको एक क्लिनिङ कम्पनीमा थिङ करिब दुई वर्षअघि रोजगारीका लागि पुगेकी थिइन् । कामीसँग सामान्य चिनजानपछि साथी भएको थिङ तीन बच्चाकी आमा हुन् । कामीले उक्त क्लिनिङ कम्पनीमा कार्यरत अन्य नेपाली महिलासँग पनि ब्याज दिन्छु भन्दै पैसा सापटी लिएर फिर्ता नगरेको र पैसा माग्दा थाहा नभएको भन्ने खालको जवाफ दिएको पीडितले गुनासो गर्दै आएकी थिइन् । सो व्यक्तिले कहिलेकाहीँ चिया खान सँगै बसेका बेला तस्बिर खिच्ने र सो तस्बिरमा ‘आफूहरू पतिपत्नी’ भनेर समेत तस्बिर पोस्ट गर्ने गरेको पीडित युवतीले बताइन् । कामीले केटीहरूलाई फसाउने र पैसा लिने काम गर्दै आएको बताइन्छ । हालसम्म तीनवटा पत्नी रहेको कामीले मकवानपुरे चेलीलाई पनि पत्नी बन्नुपर्ने अन्यथा बेइज्जत गर्ने भनेर धम्की दिने गरेको बताइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply