कांग्रेसमा आकांक्षीहरूको लर्को
काठमाडौं । महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र नेतृत्वका लागि रस्साकस्सी प्रारम्भ भएको छ । आगामी फागुनमा हुने १४आंै महाधिवेशनमा अघिल्लोदेखि युवा पुस्तासम्मले नेतृत्वका लागि आकांक्षा देखाएपछि अहिले कांग्रेसभित्र नेतृत्व–बहस सुरु भएको छ । तर, कोभिड–१९ को जोखिम कायमै रह्यो भने महाधिवेशन पछि धकेलिन सक्ने सम्भावना भने रहेको छ ।
नेतृत्वको बहस सुरु भए पनि सभापति शेरबहादुर देउवाको पछिल्लो कदमप्रति भने टीकाटिप्पणी हुन थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूह देउवाको पछिल्लो क्रियाकलापप्रति असन्तुष्ट देखिएका छन् र महाधिवेशनमा एकलौटी गर्ने रणनीतिअनुरूप सभापति देउवाले कदम चालेको आरोप लगाउन थालेका छन् ।
कांग्रेसको लगाम हातमा लिएको पाँच वर्षसम्म पनि विभागहरूलाई पूर्णता दिन अरुचि देखाएका सभापति देउवाले पछिल्लो समय भने अढाइ दर्जनजति विभाग गठन गरेका छन् । महाधिवेशनको रस्साकस्सी सुरु भएपछि विभागहरू गठन हुनुलाई पौडेल पक्षधरहरूले सकारात्मक रूपमा लिएका छैनन् । देउवाको उक्त कदमलाई पौडेल पक्षधरले ‘महाधिवेशनलाई प्रभावित पार्ने कदम’ का रूपमा अथ्र्याएका छन् ।
तर, देउवा पक्षधर भने पौडेल समूहलाई आक्षेप लगाउन अग्रसर देखिएका छन् । विगतमा विभागहरू गठन गर्न खोज्दा भागबन्डाको बखेडा झिकेर विभाग नै गठन गर्न नदिएको देउवा पक्षधरको आरोप छ । पछिल्लो समय भने सभापति देउवाले आफूअनुकूल हुने गरी ३१ वटा विभागलाई पूर्णता दिएका थिए । पूर्णता पाएका विभागहरू महत्वपूर्ण मानिन्छन् । सभापति देउवाले आगामी महाधिवेशनमा आफू पुनः सभापतिमा उठ्ने योजनाअनुरूप नै पार्टीभित्र आफूअनुकूलका कार्यहरू गर्न थालेका छन् ।
देउवा समूहमा सभापतिका आकांक्षीहरू विमलेन्द्र निधिबाहेक अरू देखिएका छैनन् । तर, निधिले गरेको बार्गेनिङ पनि त्यति सशक्त देखिँदैन । निधिले सभापतिका लागि आकांक्षा देखाए पनि त्यसलाई देउवाले थामथुम पार्न सक्ने अवस्था रहेको हुँदा सो समूहबाट देउवा नै उम्मेदवार हुने प्रस्ट देखिन्छ । तर, पौडेल समूहमा भने सभापतिका आकांक्षीहरू बग्रेल्ती छन् । पौडेल त आकांक्षी भए नै । उनी १३आंै महाधिवेशनमा पराजित भएका हुँदा एकपटक मौका पाउनुपर्ने कुरा उठाउन सक्छन् । तर, सो समूहका अरू नेताहरूले डा. शेखर कोइराला र डा. शशांक कोइराला दुवैलाई सभापतिका लागि प्रस्ताव गरिरहेका हुँदा पौडेलको आकांक्षामा पूर्णविराम लाग्ने सम्भावना पनि बढ्दै गएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply