यी सांसदको मन्त्री बन्ने पालो कहिले ?
काठमाडौं । सम्भवतः यही भदौ २६ गते बस्ने स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने बुझिएको छ । यसअघि गत साउन पहिलो साता बसेको जारी स्थायी कमिटी बैठकमा पनि कार्यसम्पादनका आधार मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने माग अधिकांश स्थायी समिति सदस्यहरूले गरेका थिए । अब बस्ने स्थायी कमिटीमा पुनः यो विषय प्रवेश हुने र त्यसपछि मन्त्रिमण्डल पुनर्गठन हुने स्रोतले बतायो ।
मन्त्रिमण्डल पुनर्गठनका विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच पनि अनौपचारिक छलफल भएको बताइन्छ । मन्त्रीमण्डल पुनर्गठनको चर्चा चलेसँगै वर्तमान सरकारका कतिपय मन्त्री पद जोगाउने दौडधुपमा लागेको र कतिपय आकांक्षीहरू पनि नेताका घरदैलो चहार्न थालेपछि प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् । स्रोतले भन्यो, ‘नयाँ आकांक्षी भन्दा पनि सम्भावित बाहिरिने मन्त्रीहरूको चलखेल बढी भएपछि त्यसलाई मत्थर बनाउन मात्र प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् तर मन्त्रिमण्डल पुनर्गठनचाहिँ चाँडै हुन्छ ।
पछिल्लो समय नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठन गर्दा दुई कार्यकाल प्रत्यक्ष निर्वाचित सांसद भएर पनि कुनै अवसर नपाएकाले प्राथमिकता दिनुपर्ने आवाज उठेको छ । सिन्धुलीका गणेश पहाडी, मकवानपुरका विरोध खतिवडा, ओखलढुंगाका यज्ञराज सुनुवार, तेहथुमका भवानी खापुङ, खोटाङका विशाल भट्टराई, डोटीका प्रेम आले, दैलेखका राजबहादुर बुढा, दार्चुलाका गणेश ठगुन्नाले दुई पटक प्रत्यक्ष निर्वाचित भएर पनि अहिलेसम्म कुनै अवसर पाएका छैनन् ।
राष्ट्रियसभाको कार्यकाल सकिएकाले अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिइसकेका छन् । उनको राजीनामासँगै ती दुई मन्त्रालय खाली भएका छन् भने सहरी विकास मन्त्रालय पनि खाली नै छ । अहिले यी तीनै मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेका छन् ।
सम्भवतः पहिलो लटमा मन्त्री भएका एक दुई जनालाई कार्यसम्पादनका आधारमा निरन्तरता दिएर बाँकी सबैलाई बिदा गर्ने तयारी भइरहेको बुझिएको छ । पहिलो लटमा मन्त्री भएकाहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा ‘बादल’, डा. युवराज खतिवडा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, वर्षमान पुन, पदमा अर्याल, बिना मगर हुन् । जसमध्ये खतिवडा बिदा भइसकेका छन् । बाँकीमध्ये पुनः ज्ञवालीलाई मात्र निरन्तरता दिएर अरूलाई बिदा गर्ने बुझिएको छ । मन्त्री पोखरेल पछिल्लो समय ओम्नी, सम्धी काण्डदेखि लिएर अनेक काण्डमा मुछिएर बदनाम भएका छन् भने बादल, मगर, बस्नेत, अर्याल, पोखरेलले पनि कुनै राम्रो कामको छवि देखाउन सकेका छैनन् । पछिल्लोपटक मन्त्री भएकामध्ये फिटिक्कै नतिजा दिन नसकेका श्रममन्त्री रामेश्वर राय यादव परिवर्तनको सूचीमा पर्नेछन् । अबको मन्त्रिमण्डल पुनर्गठनमा पछिल्लो लटमा मन्त्री भएका योगेश भट्टराई, घनश्याम भुसाल, वसन्त नेम्वाङ, भानुभक्त ढकाल, डा. शिवमाया तुम्बाहाम्फेले भने निरन्तरता पाउनेछन् ।
One response to “यी सांसदको मन्त्री बन्ने पालो कहिले ?”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
रामेश्वर राय श्रम मन्त्रालय मा आर्थिक चलखेल मा छन् कुनै एक दुई म्यानपारलाई कुनै मुलुक विशेष को जिम्मा लगाई पैसा खाने खेल मा छन् अहिले कतार मुलुक मा कामदार पठाउन यस्तो चलखेल भएको बुझिएको छ