शंकर ग्रुपका अग्रवालको नक्कली काम
काठमाडौं । उद्योगपति शंकर अग्रवालको मंगला सिमेन्टको गुणस्तरमा खराबी भेटिएको छ । शंकर अग्रवालले आफ्नै लगानीमा करिब चार वर्षअघिबाट सुरु गरेको मंगला सिमेन्टमा नेपाल गुणस्तर तथा नापतौल विभागले खराबी भेटेको हो । त्यस्तो त शंकर ग्रुपले उत्पादन गर्ने गजदम्बा स्टिल (फलामे छड) गुणस्तरहीन तथा नक्कली भएको भन्दै उजुरी परेर कारबाही भएको बेला यही समुहका मुख्य व्यक्तिको लगानी रहेको सिमेन्ट पनि कम गुणस्तरको भेटिएपछि नापतौल तथा गुणस्तर विभागको कारबाहीमा परेको छ ।
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा रिहा भएलगत्तै निर्माण सामग्री (फलामे रड र सिमेन्ट) समेत कम गुणस्तर भेटिएको हो । शंकर ग्रुपको फलामे रड उत्पादनको इजाजत नै रोकेको विभागले मंगला सिमेन्टको पीपीसी सिमेन्टको बिक्री वितरण बन्द गर्ने र गुणस्तर कम भेटिएको ब्याचको सबै सामान फिर्ता गर्न निर्देशन दिएको छ । यता गुणस्तहीन तथा कमसल सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्ने मंगला सिमेन्ट उद्योगमाथि कारबाही गर्न उपभोक्तावादीले माग गरेका छन् । गुणस्तर तथा नापतौल विभागबाट गुणस्तरको प्रमाणपत्र प्राप्त मंगला सिमेन्ट उद्योगको गुणस्तर चिह्न खारेज गर्न र सो उद्योगलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न कन्जुमर आई नेपालले सरकारसँग माग गरेको हो । उक्त संस्थाले वक्तव्य जारी गर्दै न्युन गुणस्तरको मंगला सिमेन्टमाथि कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ । काठमाडौं नगरपालिका निवासी अमर गोपाल श्रेष्ठले आफ्नो घर निर्माणका लागि गत असार ३२ गते ललितपुर सानेपास्थित एक डिपोबाट मंगला पीपीसी सिमेन्ट खरिद गरि घरमा प्रयोग गरेको र न्यून गुणस्तरको सिमेन्टका कारण निर्माण कार्य बिग्रिएको दाबी गरिएको छ । अनुसन्धानका क्रममा उक्त कम्पनीले बजारमा गुणस्तरहिन सिमेन्ट उत्पादन गर्दै आएको र गुणस्तरीय भन्दै उपभोक्ता ठग्दै आएको पाइएको कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले बताए ।
केही समयअघिदेखि मंगला सिमेन्टले यसरी नै बजारमा गुणस्तरहीन सिमेन्टलाई बिक्री वितरण गर्दै आएको र उपभोक्ता झुक्याएर अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्दै आएको महासचिव खनालको भनाइ छ । हुन त पछिल्लो समय बजारमा मंगला सिमेन्ट मात्र नभएर अधिकांश सिमेन्टहरूको गुणस्तर कमसल रहने गरेको पाइएको र तोकिएको मापदण्डसमेत पूरा नगरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply