प्रभावित बन्दै प्राधिकरणको काम
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी–निर्देशक कुलमान घिसिङलाई सरकारले नदोहो¥याउने संकेत देखिएपछि उपकार्यकारी–निर्देशक हितेन्द्रदेव शाक्यले निमित्त पाउने अनुमान गरिएको थियो । धेरैले शाक्य नै निमित्त हुने प्रचारसमेत गरेका थिए । कतिपयले त उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘साला’ भनेर पनि अनर्गल हल्ला चलाइएको थियो । तर, शाक्यले त्यो मौका पाउन सकेनन् ।
प्राधिकरणको अर्थ निर्देशनालयका उपकार्यकारी–निर्देशक लेखनाथ कोइरालाले निमित्तको जिम्मेवारी पाएका छन् । यद्यपि, कर्पोरेट कार्यालयमा अर्थ निर्देशनालय सम्हाल्दै आएका कोइराला र शाक्य भने एकै दिन उपकार्यकारी–निर्देशकमा बढुवा भएका हुन् । बढुवापश्चात् शाक्यले एनईए इन्जिनियरिङ कम्पनीको प्रमुख कार्यकारी–अधिकृतको जिम्मेवारी पाएका थिए । निमित्तका निम्ति शाक्य र कोइराला दुवै दाबेदार रहे पनि कोइरालाले नै बाजी मारेका छन् ।
तर, प्राधिकरणको कार्यकारी–निर्देशकमा घिसिङलाई नै सरकारले दोहो¥याउँछ कि के गर्छ भन्ने कुराले व्यापक प्रचार पाएको हुँदा प्राधिकरणभित्रका काम भने प्रभावित बन्न पुगेका छन् । अवधि पुगेका कार्यालय–प्रमुख र कर्मचारीहरूको सरुवा प्रभावित बन्न पुगेको छ । प्राधिकरणको विनियमअनुसार तीन वर्ष अवधि पुगेका कार्यालय–प्रमुखहरू यही भदौ महिनामा सरुवा हुनुपथ्र्यो । त्यस्ता कार्यालय प्रमुखहरू करिब ३० जनाजति छन् । तर, नयाँ कार्यकारी–प्रमुख को आउने भन्ने अन्योल रहेको हुँदा ती कार्यालय–प्रमुखहरूको सरुवा हुन सकेनन् ।
भदौ महिनामा नै उत्पादन, वितरण र प्रसारण निर्देशनालयअन्तर्गत कर्मचारीहरूको सरुवा हुनुपर्ने थियो । उत्पादन निर्देशनालयअन्तर्गत केही कर्मचारीको सरुवा भए पनि अरू दुई वितरण र प्रसारण निर्देशनालयअन्तर्गत भने एकजनाको पनि सरुवा भएन । यो बीचमा सञ्चालक समितिको बैठक पनि प्रभावित बन्न पुगेको छ । सञ्चालक समितिको बैठक निर्धारित समयमा बस्नुपर्नेमा अहिलेसम्म बस्न सकेको छैन । बैठक नबस्दा कतिपय निर्णयहरू हुन सकेका छैनन् र त्यसले प्राधिकरणको कामलाई प्रभावित पारिरहेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply