प्रभावित बन्दै प्राधिकरणको काम
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी–निर्देशक कुलमान घिसिङलाई सरकारले नदोहो¥याउने संकेत देखिएपछि उपकार्यकारी–निर्देशक हितेन्द्रदेव शाक्यले निमित्त पाउने अनुमान गरिएको थियो । धेरैले शाक्य नै निमित्त हुने प्रचारसमेत गरेका थिए । कतिपयले त उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘साला’ भनेर पनि अनर्गल हल्ला चलाइएको थियो । तर, शाक्यले त्यो मौका पाउन सकेनन् ।
प्राधिकरणको अर्थ निर्देशनालयका उपकार्यकारी–निर्देशक लेखनाथ कोइरालाले निमित्तको जिम्मेवारी पाएका छन् । यद्यपि, कर्पोरेट कार्यालयमा अर्थ निर्देशनालय सम्हाल्दै आएका कोइराला र शाक्य भने एकै दिन उपकार्यकारी–निर्देशकमा बढुवा भएका हुन् । बढुवापश्चात् शाक्यले एनईए इन्जिनियरिङ कम्पनीको प्रमुख कार्यकारी–अधिकृतको जिम्मेवारी पाएका थिए । निमित्तका निम्ति शाक्य र कोइराला दुवै दाबेदार रहे पनि कोइरालाले नै बाजी मारेका छन् ।
तर, प्राधिकरणको कार्यकारी–निर्देशकमा घिसिङलाई नै सरकारले दोहो¥याउँछ कि के गर्छ भन्ने कुराले व्यापक प्रचार पाएको हुँदा प्राधिकरणभित्रका काम भने प्रभावित बन्न पुगेका छन् । अवधि पुगेका कार्यालय–प्रमुख र कर्मचारीहरूको सरुवा प्रभावित बन्न पुगेको छ । प्राधिकरणको विनियमअनुसार तीन वर्ष अवधि पुगेका कार्यालय–प्रमुखहरू यही भदौ महिनामा सरुवा हुनुपथ्र्यो । त्यस्ता कार्यालय प्रमुखहरू करिब ३० जनाजति छन् । तर, नयाँ कार्यकारी–प्रमुख को आउने भन्ने अन्योल रहेको हुँदा ती कार्यालय–प्रमुखहरूको सरुवा हुन सकेनन् ।
भदौ महिनामा नै उत्पादन, वितरण र प्रसारण निर्देशनालयअन्तर्गत कर्मचारीहरूको सरुवा हुनुपर्ने थियो । उत्पादन निर्देशनालयअन्तर्गत केही कर्मचारीको सरुवा भए पनि अरू दुई वितरण र प्रसारण निर्देशनालयअन्तर्गत भने एकजनाको पनि सरुवा भएन । यो बीचमा सञ्चालक समितिको बैठक पनि प्रभावित बन्न पुगेको छ । सञ्चालक समितिको बैठक निर्धारित समयमा बस्नुपर्नेमा अहिलेसम्म बस्न सकेको छैन । बैठक नबस्दा कतिपय निर्णयहरू हुन सकेका छैनन् र त्यसले प्राधिकरणको कामलाई प्रभावित पारिरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply