चर्चाको लागि अन्सारीको चर्तिकला
काठमाडौं । निश्चित राजनीतिक दलका नेताहरुको फेर समातेर मानवअधिकार आयोग जस्तो संवैधानिक र जिम्मेवार ओहदामा पुगेकी मोहना अन्सारीले पटक पटक आफ्नो निष्पक्षतालाई भुलेर विवादास्पद अभिव्यक्ति दिँदै आएकी छिन् । यसअघि राष्ट्रिय महिला आयोगमा एक कार्यकाल व्यतित गरेकी उनले चर्चाका लागि बेलाबेला विवादास्पद ट्वीट मेन्सन गरेर समेत विवाद झिक्ने गरेकी छिन् ।
केही महिना अघि सरिता गिरीले राष्ट्र विरुद्ध अभिव्यक्ति दिँदा राज्यको दानापानी खाएर राष्ट्रविरुद्ध नै विष वमन गर्ने गिरीको पक्ष लिएपछि उनको सर्वत्र आलोचना भएको थियो । त्यतीमात्र होइन उनले गरेको ट्वीटप्रति मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नै आपत्ती जनाएका थिए । ठिक यसैगरी उनले केही दिन अघि राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले टेलिभिजनको एक अन्तरवार्तामा बोलेको कुरा पुरै नसुनि काटकुट गरेर कसैले टिकटकमा हालेको भिडीयो टुक्रालाई अपव्याख्या गर्दै विरोध गरेकी छिन् । समाजमा वलात्कारका घटना बढ्नुमा यस्ता अभिव्यक्तिले प्रोत्साहन दिएको भन्दै बिडारीको अभिव्यक्तिले आफ्नो शिर निहुरेको धारणा राखेकी थिइन् । सो ट्वीटलाई डा. बाबुराम भट्टराईले रिट्वीट गरेका थिए । बिडारीले आफ्नो अन्तरवार्तामा बृद्ध, बालबालिका, अपाङ बाहेकका हकमा अधिकांश बलात्कारको मुद्दाहरु पुरुषलाई महिलाले फसाउने नियतले दायर गर्ने गरेको अभिव्यक्ति दिएका थिए । ‘कुरा मिलुन्जेल इन्जोय गर्ने, अनि कुरा मिल्न छोडेपछि बलात्कारमा फसाउने गर्न नहुने बिडारीको भनाई थियो । आफु वकिल पनि भएकाले आफुकहाँ आएको बलात्कारको मुद्दाको प्रकृृतिको आधारमा अनुभव शेयर गरेका बिडारीमाथी अन्सारीले गैरजिम्मेवार हिसावले टिप्पणी गरेपछि अन्सारीको पक्ष र विपक्ष दुबैमा सामाजिक सन्जालमा अभिमतहरु छरपष्ट भएका छन् ।
अन्सारीले गत असार २३ गते सामाजिक सञ्जाल ट्विटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् । लगत्तै आयोगका अध्यक्ष अनुपराज शर्माले विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका थिए । संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित् छानबिन प्रतिवेदन’ भनेकोप्रति आयोगले खेद प्रकट गरेको हो । त्यो बेला विज्ञप्तिमा भनिएको थियो–दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्विटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’ अन्सारीलाई यस्तै विवादास्पद अभिव्यmि दिन थालेपछि आयोगले डेढ वर्षअघि नै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरीत राजनीतिक वक्तव्य दिने गरेको आरोप समेत उनलाई लगाइएको थियो । राष्ट्रिय मानवअधिकार आयोग नेपालको संविधान अनुसार गठन भएको निकाय हो । यसका सम्पूर्ण खर्चहरु राज्यकोषबाट बेहोरिन्छ । राज्यको अनुदानले नपुग्ने भएमा विदेशी सहायता लिएर पनि आयोगले आफ्नो कार्य संचालन गर्न सक्छ । आयोग जनताको करबाट संचालित जनताको साझा सम्पत्ति हो । आयोगले एसडीसी नामक स्वीस सरकारको योजनावद्ध प्रायोजनमा एक डकुमेन्ट्रिी बनाएको छ । उक्त डकुमेन्ट्रिी को भिडियोको शुरुवात नै मोहनाको बाल्यकाल र अहिलेको पदीय जिम्मेवारीबाट हुन्छ । उक्त डकुमेन्ट्रीको शिर्षक एकातिर छ, तर विषयवस्तुमा मोहनाको देवत्करण गरिएको छ । स्वीस सरकारले नेपालमा मानवअधिकारका लागि गरेको सहयोग भन्ने शिर्षक राखेर मोहनालाई चामत्कारीक व्यक्तित्वको रुपमा प्रस्तुत गरिएको छ । जनताको साझा सम्पत्ति माथिको यो दुरुपयोगलाई भ्रष्टाचार र नैतिक आचरण विपरीतको कार्य मान्ने कि नमान्ने छलफल गर्नुपर्ने भएको छ । मानवअधिकार आयोगमा अध्यक्ष पूर्व प्रधानन्यायाधिश अनुपराज शर्मा र अन्य ४ जना आयुक्त छन् जसमध्ये मोहना अन्सारी एक हुन् । त्यहाँ सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्छन् । मानवअधिकार अनुगमन र अनुसन्धानको लागि आयोगले विदेशीसँग सम्झौता गरेको थियो होला तर सो सम्झौतामा उल्लेख गरिएका कार्यहरु अध्यक्ष र सबै आयुक्तले समान हैसियतमा गरेको हुनुपर्छ । तर, मोहनाको बाल्यकाल देखिको जीवनी नाटकका रुपमा प्रस्तुत गरेर स्वीस सरकार र स्वयम् मोहना र तिनका आसेपासेले मोहनाको मात्रै चाकडी गरेका छन् । आफुलाई कथित फेमेनिजमको एकमात्र पहरेदार दावी गर्ने उनले आयोगको कार्यकाल सकिएपछि अर्को आकर्षक जागीर खाने वातावरण निर्माण पो हो कि ?भनेर सो कदमलाई धेरैले आशंकाको नजरले हेरेका छन् । उक्त भिडियोका प्रत्येक दृश्य र स्कृप्ट (वाक्यहरु) मामोहनाकै प्रसस्तीगान छन् । दृश्यमा भुकम्प प्रभावितका मानवअधिकार अनुगमन गरिएको देखाइएको छ । मोहना कुनै स्थानका प्रभावितहरुको घरदैलोमा गएको देखाइएको छ तर ती दृश्य नाटकका आलाकाँचा कलाकारका जस्ता छन् । प्रभावित व्यक्तिहरुसँग हाँसि हासि कुरा गर्नुले तिनको असंवेदनशीलता स्पष्ट हुन्छ । केवल नाटकका लाागि जिल्ला प्रशासन कार्यालयमा खिचिएको दृश्यले पूरै कृतिमता दर्शाउँछ र प्रचारप्रसारको प्यास मेट्न खोजेको देखिन्छ । विडम्बना, आयोगजस्तो विशिष्टकृत निकायमा जागीर खाने आयुक्त÷प्रवक्तालाई अनुगमनको आधारभूत आचारसंहिता र मापदण्डको पनि ज्ञान नभएको पाइन्छ । आफ्नो निहितस्वार्थ पूरा गर्न मानवअधिकारको उपभोग गर्न नपाएका जनतालाई प्रयोग गर्नु नैतिक र पदीय दृष्टिकोणले जायज नभएको बताइन्छ ।
उक्त भिडियोमा तराई मधेशमा भएको मधेश आन्दोलनका बारेमा पनि उल्लेख गरिएको छ । तराई मधेशमा संविधान निर्माण अघिपछि भएका आन्दोलनमा व्यापक मानवअधिकार उल्ंलघन र ज्यादती भएको थियो । नेपाल र सशस्त्र प्रहरीबाट अत्यधिक बलको प्रयोग गरी हत्या, यातना र अमानवीय व्यवहार मानवअधिकार हनन्का घटना भएभने आन्दोलन गर्ने पक्षले पनि सुरक्षाकर्मीको नृसंस हत्या, आगजनी, तोडफोडका प्रशस्तै घटना गराइएको तथ्यहरु स्वयम् मानवअधिकार आयोगकै प्रतिवेदनमा उल्लेख छ । तर, मोहनाले सुरक्षाकर्मीको तर्फबाट भएको मानवअधिकार हननको मात्र अभिलेख राख्दै गरेको दृश्य खिचिएको छ । घटना अभिलेख गर्ने क्रममा आन्दोलनकारी समर्थिक एकजना वकिलको कार्यालयमा गई सूचना संकलन गरिएको छ । त्यतिमात्र होइन, मानवअधिकार परिषद्को जेनेभामा भएको बैठकमा बोल्ने क्रममा मोहनाले तराईमधेश आन्दोलनमा केवल सुरक्षाकर्मीले मात्र मानवअधिकार हनन् गरेको भन्ने दृश्य छ मानवअधिकारको उल्लंघन जसले गरेपनि त्यो अक्षम्य हुन्छ । विदेशीको पैसामा जेनेभा गएकी मोहनाले टिकापूर घटना, त्यहाँ मारिएका प्रहरीहरु र ८ वर्षका बालकलाई भने बिर्सीएकी छिन् । तर अहिलेआएर चर्चाका लागि सत्य बोल्लेको अमर्यादित ढंगले दोहोलो काटेकी छिन् । नेपालमा जागीर खान आउने विदेशीले नेपाली जनताको नाम भजाएर मोहना जस्ता पात्रलाई करोडौं श्रोत लगानी गरी विदेशी सहायताको दुरुपयोग गरेको कुरालाई हाम्रो अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले गंभीर चासो दिनुपर्दछ । योग्यता र क्षमता नभएका व्यक्तिलाई संवैधानिक निकायमा नियुक्ती गरिएको कारणले पनि यस्तो कार्य भएको बताइन्छ । अतःराजनीतिक दल, नागरिक समाज, मिडिया आदिले कुनै पनि संवैधानिक निकायमा हुने नियुक्तिका बारेमा सार्वजनिक बहस गर्नुपर्ने विषय उठेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply