परिसरका एसएसपी ज्ञवाली धरापमा
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली धरापमा परेका छन् । यसअघिका आईजीपी ठाकुर ज्ञवालीले आफू आईजीपीमा नियुक्त भएलगत्तै करिब सात महिनाअघि परिसरमा सरुवा गरेका उनलाई कार्यसम्पादनमा सशक्त ढंगले काम गर्न नसकेपछि त्यहाँबाट प्रधान कार्यालय तान्न खोजिएको छ ।
सबै मन्त्रालय र केन्द्रीय सरकारसमेत रहेको संघीय राजधानी काठमाडौंको जटिल र संवेदनशील सुरक्षा व्यवस्थामा पटकपटक चुकेपछि गृहमन्त्री रामबहादुर थापा बादल स्वयं एसएसपी ज्ञवालीप्रति असन्तुष्ट रहेको बुझिएको छ ।
स्वयं गृहमन्त्री थापाले आइजीपी शैलेश थापालाई फोन गरेर महानगरीय प्रहरी परिसार काठमाडौंका प्रमुखबाट ज्ञवालीलाई तानेर अर्को पठाउन पटकपटक भनिसकेको बुझिएको छ । तर, आईजीपी थापाले आँट गर्न सकेका छैनन् । मूलतः त्यही संकेत बुझेर एसएसपी ज्ञवाली भने नेकपा ललितपुरका एक नेत्रीको चाकडीका लागि धाउन केन्द्रित भएका छन् । ती नेत्रीमार्फत गृहमन्त्रीलाई भनाएर भए पनि आफ्नो पद थमौती गर्न लागिपरेका ज्ञवाली कार्यसम्पादन मूल्यांकनमा भने निकै कमजोर साबित भएका छन् ।
मन्त्रीज्यूले भनेको भन्दै गृहसचिव महेश्वर न्यौपानेले समेत आईजी थापालाई पटकपटक ताकेता गरिसकेको थाहा भएको छ । ज्ञवालीले काठमाडौं सम्हालेपछि १५ किलो सुन पक्राउ गरिएकोमा नक्कली साबित भएको, चिनियाँहरूले बबरमहलमा विशाल प्रदर्शन गरी प्रहरीले कुटाइ खाएकोलगायत घटना भएको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply