परिसरका एसएसपी ज्ञवाली धरापमा
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली धरापमा परेका छन् । यसअघिका आईजीपी ठाकुर ज्ञवालीले आफू आईजीपीमा नियुक्त भएलगत्तै करिब सात महिनाअघि परिसरमा सरुवा गरेका उनलाई कार्यसम्पादनमा सशक्त ढंगले काम गर्न नसकेपछि त्यहाँबाट प्रधान कार्यालय तान्न खोजिएको छ ।
सबै मन्त्रालय र केन्द्रीय सरकारसमेत रहेको संघीय राजधानी काठमाडौंको जटिल र संवेदनशील सुरक्षा व्यवस्थामा पटकपटक चुकेपछि गृहमन्त्री रामबहादुर थापा बादल स्वयं एसएसपी ज्ञवालीप्रति असन्तुष्ट रहेको बुझिएको छ ।
स्वयं गृहमन्त्री थापाले आइजीपी शैलेश थापालाई फोन गरेर महानगरीय प्रहरी परिसार काठमाडौंका प्रमुखबाट ज्ञवालीलाई तानेर अर्को पठाउन पटकपटक भनिसकेको बुझिएको छ । तर, आईजीपी थापाले आँट गर्न सकेका छैनन् । मूलतः त्यही संकेत बुझेर एसएसपी ज्ञवाली भने नेकपा ललितपुरका एक नेत्रीको चाकडीका लागि धाउन केन्द्रित भएका छन् । ती नेत्रीमार्फत गृहमन्त्रीलाई भनाएर भए पनि आफ्नो पद थमौती गर्न लागिपरेका ज्ञवाली कार्यसम्पादन मूल्यांकनमा भने निकै कमजोर साबित भएका छन् ।
मन्त्रीज्यूले भनेको भन्दै गृहसचिव महेश्वर न्यौपानेले समेत आईजी थापालाई पटकपटक ताकेता गरिसकेको थाहा भएको छ । ज्ञवालीले काठमाडौं सम्हालेपछि १५ किलो सुन पक्राउ गरिएकोमा नक्कली साबित भएको, चिनियाँहरूले बबरमहलमा विशाल प्रदर्शन गरी प्रहरीले कुटाइ खाएकोलगायत घटना भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply