बल्ल पायो नार्कले नेतृत्व
काठमाडौं । कहिले कायममुकायम, कहिले निमित्त । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लामो समयसम्म यसैगरी चलिरह्यो । तर, अब भने नार्कले नयाँ नेतृत्व पाएको छ ।
नार्कमा लामो समयदेखि कार्यरत मुख्य–वैज्ञानिक डा. दीपक भण्डारीले गएको आइतबारदेखि कार्यकारी–निर्देशकको जिम्मेवारी पाएका हुन् । आइतबारको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि कार्यकारी–निर्देशकमा नियुक्त गरेको हो । तर, यसअघि भने उनले ६ महिना कायममुकायम र करिब ३ महिना निमित्त रहेर चलाएका थिए ।
डा. भण्डारी खुला प्रतिस्पर्धाबाट नै कार्यकारी–निर्देशकमा चयन भएका हुन् । उनीलगायत १५ जना आकांक्षीहरुले सो जिम्मेवारीका लागि प्रतिस्पर्धा गरेका थिए । तर, नार्कको वरिष्ठ कर्मचारी रहेका डा. भण्डारीले कार्यकुशलता, दक्षताका आधारमा सो जिम्मेवारी पाएका हुन् । उनले आफ्नो कार्यकालमा नार्कलाई अग्रगति दिनका लागि पेश गरेको भिजनले नै उनलाई जिम्मेवारी दिइएको हो ।
करिब ४ वर्षदेखि कहिले कायममुकायम र कहिले निमित्तको भरमा चल्दै आएको नार्कका कतिपय कामहरु ठप्प नै थिए । त्यही कारण कर्मचारी भर्नादेखि अरु महत्वपूर्ण कामहरु प्रभावित बन्दै आएका थिए । यसअघि पनि डा. टेकबहादुर गुरुङ निमित्त भएरै बिदा भएका थिए । डा. गुरुङको पदावधि सकिएपछि डा. भण्डारीले कायममुकायम पाएका थिए ।
अहिले नार्कको नेतृत्व गर्ने अवसर पाएका डा. भण्डारी प्रसिद्ध वैज्ञानिक हुन् । उनले सन् २०१२ मा अमेरिकाको प्रसिद्ध बर्लग ग्लोवल टस्ट इनिसियटिभ नामक संस्थाले प्रदान गरेको अन्तर्राष्ट्रिय जीन स्टेवार्डसिप अवार्ड पाएका थिए । यो पुरस्कार उनीसहित पाँच जना नेपाली वैज्ञानिकले पाएका थिए । यो नेपालको कृषि क्षेत्रमा प्राप्त अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय पुरस्कार मानिन्छ । नेपाली भूमिमै रहेर अनुसन्धान गरेका वैज्ञानिकहरुले योभन्दा ठूलो पुरस्कार अहिलेसम्म पाएका छैनन् ।
डा. भण्डारीसहितका वैज्ञानिकहरुले सिंगो संसारलाई नै रिंग्याइरहेको ‘कालो सिन्दुरे’ रोगको नियन्त्रण गर्ने उपाय पत्ता लगाएबापत यो पुरस्कार पाएका थिए । सन् सत्तरीको दशकमा यो रोग अमेरिका, युरोपलगायत अरु थुप्रै देशहरुमा भयंकर समस्याका रुपमा देखा परेको थियो । यो गहुँ बालीमा लाग्ने खराब रोग हो र यो रोग लागेपछि ९० प्रतिशत बाली सखाप हुन्छ । तर, डा. भण्डारीसहितको वैज्ञानिकको टोलीले कालो सिन्दुरेसँग प्रतिरोध गर्ने नयाँ जातको गहँु निकाल्न दस वर्षसम्म मिहिनेत गरेका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply