प्रसूतिका सर्जिकल सामान खरिदमा घोटाला
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनियमितता भएको छ । कर्मचारी र सप्लायर्सको मिलेमतोमा ११ लाख घोटला भएको हो । अस्पतालले हालै खुलाएको एक टेन्डरमा त्यसरी अनियमितता भएको हो । उक्त टेन्डरमा सबैभन्दा बढी मूल्य हाल्ने मेडिएड कन्सर्नलाई खरिदको जिम्मेवारी दिइएको छ ।
उक्त निर्णयपछि प्रसूति गृहमा कर्मचारी र सप्लायर्सको मिलेमतोमा ११ लाख घोटाला भएको पुष्टि भएको हो । उक्त अस्पतालले २ सय बेड आइसोलेसनका लागि सर्जिकललगायत विशेष खरिद प्रक्रियाअन्तर्गत खरिद गर्न लागेको सर्जिकल सामानमा घोटला भएको हो ।
टेन्डर प्रक्रियाअनुसार सबैभन्दा कम मूल्यमा टेन्डर हाल्ने फर्मबाट सामान खरिद गर्नुपर्ने भए पनि सबैभन्दा बढी मूल्य हाल्ने फर्मलाई खरिदको आशयपत्र दिएपछि यो कुरा बाहिरिएको हो । उक्त टेन्डर प्रक्रियामा सबैभन्दा कम रकम बोलकबोल गर्ने बसुन्धाराको डीबीटी इन्टरप्राइजेज थियो । उसले सर्जिकल सामग्रीको जम्मा भ्याटसहित ७१ लाख ९६ हजार ९ सय सत्तरी रुपैयाँ हालेको थियो भने आशयपत्र पाउने त्रिपुरेश्वरको मेडिएड कन्सर्न प्रालीले ८३ लाख ४७ हजार ३ सय १० रुपैयाँ होलेको थियो । तर, रातारात सेटिङ गरेर महँगोमा टेन्डर हाल्नेलाई नै काम दिन खोजिएको छ । स्रोतका अनुसार मेडिएड कन्सर्नका सञ्चालक भरत सिलवाल हुन् । उनी प्रसूति गृहको फार्मेसीमा दसौं वर्ष कर्मचारीका रूपमा काम गरेका व्यक्ति हुन् । दसौं वर्ष काम गर्ने सिलसिलामा उनले अस्पतालका तल्लोदेखि माथिल्लो तहका सबै कर्मचारीलाई राम्रोसँग चिन्ने अवसर पाए । सबैलाई चिनिसकेपछि त्यहीका केही कर्मचारीले उनलाई टेन्डर सप्लाईको काममा लाग्न सुझाएका थिए । अरूबाट भन्दा सिलवालसँग कमिसन लिन सजिलो हुने र कमिसनको कुरा बाहिर नजाने बुझेर अस्पतालका धेरै नाफा हुने टेन्डर भरतलाई दिने गरिएको खुलेको छ । स्रोतका अनुसार यो सर्जिकलको टेन्डरमा सबैभन्दा कम मूल्य हाल्ने डीबीटी इन्टर प्राइजेज र टेन्डर पाउने मेडिएडबीचको फरक मूल्य भनेको करिब ११ लाख हो । मेडिएडलाई टेन्डर दिएपछि त्यो दुईबिचको फरक रकम ११ लाख त्यहाँका कर्मचारीले सोझै एडभान्सअनुरूप पाउँछन् भने अरू १० प्रतिशत कमिसन सप्लाई सकिने बेलामा पाउँछन् । यसको सबै चाँजोपाँजो मेडिएडका मालिक भरत सिलवाल र प्रसूतिका उपप्रशासक रानु थापाले मिलाएको बताइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply