शिक्षाको अकर्मण्यताले परीक्षार्थीहरूमा तनाव
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले कुनै निर्णय नगर्दा कक्षा १२ को परीक्षा अन्योलग्रस्त बन्न पुगेको छ । मन्त्री, सचिव र मन्त्रालयका उच्च तहका कर्मचारीहरू अकर्मण्यताको सिकार हुँदा लाखौं विद्यार्थी तनावमा छन् ।
करिब एक महिनाअगाडि नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका सम्बन्धमा प्रस्ताव तयार पारेर मन्त्रालयमा पठाएको थियो । तर, प्रस्ताव पठाइएको लामो समय गुज्रिसक्दा पनि मन्त्रालय बेखवरजस्तै भएको छ । बोर्डको प्रस्तावउपर मन्त्रालयले किन मौनता साँधिरहेको छ ? यो रहस्यको विषय बनेको छ ।
बोर्डले कक्षा १२ को परीक्षाको सम्बन्धमा मूलतः २ वटा प्रस्ताव पठाएको थियो । त्यसमा पहिलो, विद्यार्थीहरूले घरमै बसेर परीक्षा दिन पाइने भन्ने थियो । दोस्रो प्रस्ताव चाहिँ, ५० प्रतिशत प्राप्तांक कक्षा ११ को नतिजालाई मान्ने र बाँकी ५० प्रतिशत चाहिँ परीक्षाकै आधारमा गर्ने भन्ने थियो । परीक्षा गर्दा परीक्षा केन्द्र तोकेर भौतिक दूरी कायम गर्ने भन्ने रहेको थियो । तर, यी प्रस्ताव मन्त्रालयमा थन्किएर बसेको छ ।
मन्त्रालयले कुनै निर्णय नलिँदा बोर्डका कर्मचारीहरू पनि आफ्नो प्रस्तावलाई किन मन्त्रालयले स्वीकार गरिरहेको छैन भनेर अन्योलमा परेका छन् । कक्षा १२ को परीक्षा गराउनेतिर मन्त्रालयको चालचुल नदेखिँदा बोर्डका कर्मचारीहरू चकित पर्नु स्वाभाविकै रहेको बताइन्छ ।
कक्षा १२ को परीक्षा गएको वैशाख महिनामै हुनुपथ्र्यो । तर, कोभिड–१९ को महामारीको त्रास फैलिएसँगै २०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि सबै परीक्षा रोकिए । तर, लकडाउनको बीचमा एसइईको नतिजा भने सार्वजनिक भइसकेको छ । एसइईको परीक्षा दिन नपाएका विद्यार्थीहरू आन्तरिक नतिजाकै आधारमा ग्रेड पाएर उत्तीर्ण भइसकेका छन् । कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले अधिकार पाएर लिइसकेका छन् । तर, कक्षा १२ को भने ६ महिना बित्न लागिसक्दा पनि कुनै निर्णय हुन सकेको छैन ।
परीक्षा अन्योलमा रहेपछि अहिले कक्षा १२ का करिब ५ लाख परीक्षार्थी अन्योल र तनावमा छन् । कक्षा १२ को परीक्षा हुन्छ कि हुँदैन ? भनेर ती परिक्षार्थीहरूमा तनाव देखिनु स्वाभाविकै हो । परीक्षार्थीका साथै उनीहरूका अभिभावकहरूले पनि तनाव झेल्नुपरिरहेको छ । बोर्डको प्रस्तावलाई आधार मानेर मन्त्रालयलाई निर्णय गर्न कतैबाट रोकतोक नभए पनि किन मन्त्रालयले यो विषयमा चासो दिइरहेको छैन ? भन्ने प्रश्न उब्जिएको छ ।
One response to “शिक्षाको अकर्मण्यताले परीक्षार्थीहरूमा तनाव”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
sarkar le class 12 ko exam lai lock down khukulo gareko sangai lin sakintho. Students haru tanaw ma chhan. Tini haru ke garne bhanne anyol ma chhan. Sarkar jimmebar hun jaruri dekhinchha.