विराटनगर विमानस्थल सुधारका लागि त्रिपक्षीय सम्झौता
काठमाडौं । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रूपमा स्तरोन्नति गरिने भएको छ । उक्त प्रयोजनका लागि संघीय र प्रदेश सरकारबीच लागत साझेदारीसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सोमबार विराटनगरमा पर्यटनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश सरकार, महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो ।
विराटनगर विमानस्थललाई काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तरमा पुग्नेगरी क्षमता अभिवृद्धि गर्ने योजनासहित उक्त सम्झौता भएको हो । अहिले विराटनगर विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर लामो छ । यसलाई विस्तार गरी ३ हजार मिटर पु¥याउने सहमति दुवै तहका सरकारबीच भएको छ । यो साझेदारीमा विराटनगर महानगरपालिकालाई समेत सहभागी गराइएको छ ।
धावनमार्ग विस्तार गर्दा जग्गा अधिग्रहणमा महानगरपालिका र प्रदेश सरकारले सहजीकरण गर्नेछन् । यसको लागतमा ५० प्रतिशत प्राधिकरणले बेहोर्नेछ । बाँकी ५० प्रतिशतमध्ये महानगरपालिकाले १० र ४० प्रतिशत प्रदेश सरकारले बेहोर्ने गरी समझदारी बनेको छ । यो विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिसम्बन्धी प्राविधिक प्रतिवेदन (गुरुयोजना) तयार गरी सोहीबमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरणसमेतका लागि नेपाल सरकारबाट हुनुपर्ने निर्णयका लागि मन्त्रालयमा प्रस्ताव पेस गर्ने जिम्मेवारी प्राधिकरणले पाएको छ ।
डिजाइन, डीपीआरसहितका कार्ययोजनालगायत आवश्यक कामसमेत प्राधिकरणले गर्नेछ । यो विमानस्थलको स्तरोन्नतिका लागि प्राधिकरणले गर्ने खर्चको ५० प्रतिशत रकमको व्यवस्थापन भने नेपाल सरकारले गर्नेछ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply