विराटनगर विमानस्थल सुधारका लागि त्रिपक्षीय सम्झौता
काठमाडौं । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रूपमा स्तरोन्नति गरिने भएको छ । उक्त प्रयोजनका लागि संघीय र प्रदेश सरकारबीच लागत साझेदारीसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सोमबार विराटनगरमा पर्यटनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश सरकार, महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो ।
विराटनगर विमानस्थललाई काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तरमा पुग्नेगरी क्षमता अभिवृद्धि गर्ने योजनासहित उक्त सम्झौता भएको हो । अहिले विराटनगर विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर लामो छ । यसलाई विस्तार गरी ३ हजार मिटर पु¥याउने सहमति दुवै तहका सरकारबीच भएको छ । यो साझेदारीमा विराटनगर महानगरपालिकालाई समेत सहभागी गराइएको छ ।
धावनमार्ग विस्तार गर्दा जग्गा अधिग्रहणमा महानगरपालिका र प्रदेश सरकारले सहजीकरण गर्नेछन् । यसको लागतमा ५० प्रतिशत प्राधिकरणले बेहोर्नेछ । बाँकी ५० प्रतिशतमध्ये महानगरपालिकाले १० र ४० प्रतिशत प्रदेश सरकारले बेहोर्ने गरी समझदारी बनेको छ । यो विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिसम्बन्धी प्राविधिक प्रतिवेदन (गुरुयोजना) तयार गरी सोहीबमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरणसमेतका लागि नेपाल सरकारबाट हुनुपर्ने निर्णयका लागि मन्त्रालयमा प्रस्ताव पेस गर्ने जिम्मेवारी प्राधिकरणले पाएको छ ।
डिजाइन, डीपीआरसहितका कार्ययोजनालगायत आवश्यक कामसमेत प्राधिकरणले गर्नेछ । यो विमानस्थलको स्तरोन्नतिका लागि प्राधिकरणले गर्ने खर्चको ५० प्रतिशत रकमको व्यवस्थापन भने नेपाल सरकारले गर्नेछ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply