सेवाग्राहीलाई सकसैसकस
काठमाडौं । सेवाग्राही कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमा धमाधम कोभिड–१९ को संक्रमण देखिन थालेपछि सेवा प्रभावित बन्न थालेको छ । उपत्यका र बाहिरका अधिकांश कार्यालयमा कार्यरत कर्मचारीहरू कोभिड–१९ को संक्रमणका कारण आइसोलेसनमा बस्ने र कतिपय कार्यालयहरू भने बन्द नै हुने अवस्था सिर्जना भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यरत ३० जना कर्मचारीमा संक्रमण देखिएको छ । ती कर्मचारीहरूमा संक्रमण देखिएपछि आइसोलेसनमा बसेका छन् । ठूलै संख्यामा कर्मचारीहरूमा संक्रमण देखिए पनि काम प्रभावित बन्ने भएको हुँदा केन्द्रीय कार्यालय भने बन्द गरिएको छैन । धेरै कर्मचारीमा संक्रमण देखिएको हुँदा कार्यालय बन्द गर्ने कि खुलै राख्ने भन्नेमा अन्योल देखिएको बताइन्छ ।
प्राधिकरणकै रत्नपार्क शाखाको मर्मत टोलीलाई नै कोभिड–१९ को संक्रमण देखिएको छ । अहिले उपत्यकाभित्र मर्मतको काम तीव्र रूपमा चलिरहेको हुँदा कर्मचारीहरू खट्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा कर्मचारीहरूमा संक्रमण देखिन पुगेको बताइन्छ । उपत्यकाकै कुलेश्वर शाखामा कार्यरत कर्मचारीहरूमा पनि संक्रमण देखिएको छ । प्राधिकरणभित्रका कर्मचारीमा बढ्दो संक्रमण देखिन थालेपछि अरू कामहरू पनि बिस्तारै प्रभावित बन्न थालेका छन् ।
कर्मचारीहरूमा संक्रमण देखिएपछि एकान्तकुना र सानोभ¥याङमा रहेको यातायात व्यवस्था कार्यालयको लाइसेन्स अनुमति फाँट बन्द गरिएका छन् । सो फाँटमा कार्यरत एकान्तकुनाका चार र सानोभ¥याङका दुई कर्मचारीमा संक्रमण देखिएपछि ती फाँट बन्द गर्नुपर्ने अवस्था आएको बताइन्छ । यसअघि नै जगातीस्थित यातायात कार्यालयमा केही कर्मचारीलाई संक्रमण पुष्टि भएपछि बन्द गरिएको छ ।
वाणिज्य विभागमा कार्यरत कर्मचारीहरूमा पनि संक्रमण देखिएपछि विभागको काम प्रभावित बन्न पुगेको छ । दसैंतिहारजस्ता चाडपर्व नजिकिँदै गएको बेला सो विभागका कर्मचारीहरू बढी खट्नुपर्ने हुन्थ्यो । किनभने, चाडबाडको बेलामा बजार अनुगमन तीव्र पार्ने काममा सो विभागका कर्मचारीहरू खटिन्छन् । अझ, यो वर्षको दसैंतिहारमा त बजार अनुगमनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने देखिएको छ । अधिकांश पसलहरूमा म्याद गुज्रेका सामानहरू राख्ने गरेको कुरा उठिरहेको हुँदा बजार अनुगमनलाई तीव्र तुल्याउनुपर्ने बेला सो विभागका कर्मचारीहरूमा नै संक्रमण देखिएपछि काम प्रभावित बन्न पुगेको छ ।
यीबाहेक अधिकांश सरकारी कार्यालय, अदालत, प्रहरी, विश्वविद्यालय, स्थानीय तहहरूमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमण देखिएको छ । असोजको तेस्रो साता सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीहरूमा संक्रमण देखिएपछि अदालतको काम प्रभावित बन्न पुगेको छ । न्यायाधीश र कर्मचारीहरूमा संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीश र कर्मचारीहरू होम आइसोलेसनमा बसेका थिए ।
सेवाग्राही कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमा संक्रमण देखिएपछि सेवाका लागि वैकल्पिक उपाय खोज्नेतिर कुनै तत्परता देखाइएको छैन । यसबाट सेवाग्राहीहरू मर्कामा पर्ने अवस्था सिर्जना हुन पुगेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply