काठ तस्कर छुटाउन उपाध्यक्षको दौडधुप
काठमाडौं । हेटांैडा उपमहानगरपालिका–१९ तीनताप्केमा बरामद भएको अवैध एक ट्याक्टर काठ र काठ तस्कर युवालाई छुटाउन सत्तारूढ दलका नेताहरूको दौडधुप चलेको छ । प्रहरीले सो काठसहितका युवालाई असोज २० गते पक्राउ गरी मनहरीस्थित इलाका वन कार्यालयलाई जिम्मा लगाएको थियो ।
पहिलेदेखि नै काठ तस्किरीमा संलग्न मनहरीका स्थानीय दुई युवा राजकुमार विष्ट र सरोज अर्याल अवैध काठ लैजाने क्रममा पक्राउ परेका हुन् । नम्बर नखुलेको ट्याक्टरमार्फत काठ ओसारपसार गरिरहेका उनीहरू सामानसहित इलाका वन कार्यालयको हिरासतमा रहेका छन् । वन कार्यालयले आवश्यक अनुसन्धानपछि वन कसुर ऐनअन्तर्गत कारबाही चलाउने तयारी गरिरहेको छ । तर, मनहरि गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलगायत अन्य नेताहरूले रातदिन दबाब दिएर अभियुक्त छुटाउन पहल गरिरहेको जिल्ला वन कार्यालय स्रोतको भनाइ छ । स्मरणीय छ, अभियुक्त विष्ट गाउँपालिका उपाध्यक्ष मनिला विष्टको नातामा नजिकको भाइ हुन् । ती दुई युवा विद्यार्थी संगठनमा समेत काम गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply