काठ तस्कर छुटाउन उपाध्यक्षको दौडधुप
काठमाडौं । हेटांैडा उपमहानगरपालिका–१९ तीनताप्केमा बरामद भएको अवैध एक ट्याक्टर काठ र काठ तस्कर युवालाई छुटाउन सत्तारूढ दलका नेताहरूको दौडधुप चलेको छ । प्रहरीले सो काठसहितका युवालाई असोज २० गते पक्राउ गरी मनहरीस्थित इलाका वन कार्यालयलाई जिम्मा लगाएको थियो ।
पहिलेदेखि नै काठ तस्किरीमा संलग्न मनहरीका स्थानीय दुई युवा राजकुमार विष्ट र सरोज अर्याल अवैध काठ लैजाने क्रममा पक्राउ परेका हुन् । नम्बर नखुलेको ट्याक्टरमार्फत काठ ओसारपसार गरिरहेका उनीहरू सामानसहित इलाका वन कार्यालयको हिरासतमा रहेका छन् । वन कार्यालयले आवश्यक अनुसन्धानपछि वन कसुर ऐनअन्तर्गत कारबाही चलाउने तयारी गरिरहेको छ । तर, मनहरि गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलगायत अन्य नेताहरूले रातदिन दबाब दिएर अभियुक्त छुटाउन पहल गरिरहेको जिल्ला वन कार्यालय स्रोतको भनाइ छ । स्मरणीय छ, अभियुक्त विष्ट गाउँपालिका उपाध्यक्ष मनिला विष्टको नातामा नजिकको भाइ हुन् । ती दुई युवा विद्यार्थी संगठनमा समेत काम गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply