अनुशासन आयोगको प्रश्न ः ओली–प्रचण्डले किन पाठ सिकेनन् ?
काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच विवाद चर्किंदै गएपछि नेकपाको केन्द्रीय अनुशासन आयोगले तत्काल पार्टी बैठक बोलाएर अन्तरविरोध समाधान गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा छलफल गरेर अन्तरविरोध समाधान गर्न ध्यानाकर्षण गराएका हुन् । उनले फुट र विभाजनबाट ओली र प्रचण्ड दुवैले पाठ सिक्न नसकेको भन्दै गम्भीर प्रश्नसमेत उठाएका छन् ।
‘पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने फुट र विभाजन प्रतिगामी कुरा छन् । विगतमा हामीले पार्टी फुटको दुःखद कुरा बेहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ,’ बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले कमरेडहरू, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाऔं ।’
बोहोराले पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्न तथा संयम, धैर्य र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वप्रति विशेष अनुरोधसमेत गरेका छन् ।
दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने ‘गालीगलौज’, ‘निन्दा–भत्र्सना’, ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरू सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेको भन्दै बोहोराले विज्ञप्तिमा चिन्ता पनि जनाएका छन् । अन्तरपार्टी विवाद विधिसम्मत ढंगले हल गर्नुपर्ने उनको जोड छ ।
‘हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निकै राम्रा माक्र्सवादी परम्परा छन् । विगतमा पार्टीमा उत्पन्न ठूलाठूला विवादहरू पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरण हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु,’ विज्ञप्तिमा प्रश्न उठाउँदै भनिएको छ, ‘विधि र पद्धति पार्टीका प्राण हुन् । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरू हामीले बुझेकै छौं । तर, हामी किन पार्टी विधानअनुसार विधि पद्धतिको पालना गर्दैनौं ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामी किन नितान्त आत्मकेन्द्रित भएर सोच्छौं ।’
उनले कमीकमजोरीप्रति कम्युनिस्ट शैलीअनुसार आत्मालोचना गर्न, पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णय कार्यान्वयन गर्न, पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरू छिटो सम्पन्न गर्न पनि आग्रह गरेका छन् ।
‘तीन महिना, एक महिना १५ दिन र १० दिनभित्र पूरा गर्ने भनेर भाका राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ । तर, विधानले एकैछिन असंगठित राख्न नमिल्ने महŒवपूर्ण कमरेडहरू वर्षाैंसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महŒवपूर्ण विषयलाई प्राथमिकता किन राखिँदैन ? यतिसम्म कि लामो रस्साकस्सी र विवादपछि समाधान हेतु कार्यदले प्रस्तावका रूपमा ल्याएको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको नियमित गरेको निर्णयसमेत आजपर्यन्त अल्पत्र छन् । निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन । बरु, त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply