केन्द्रीय कमिटीतिर ध्यान
काठमाडौं । पार्टीभित्र अन्तरसंघर्ष चर्किएका बेला छिनोफानोका लागि बोलाइएको बैठकहरूतर्फ नेकपा पंक्तिको ध्यान मोडिएको छ । प्रधानमन्त्री केपी ओलीले बेग्लै राजनीतिक प्रतिवेदन ल्याउने बताएपछि गत ३ मंसिरमा बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले १३ गतेका लागि सचिवालय बैठक बोलाएको छ । बैठकमा प्रधानमन्त्री ओलीको प्रतिवेदन, यसअघि २८ कात्तिकमा कार्यकारी अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रस्ताव, दुईतर्फी रूपमा लेखिएका पत्रहरूबारे छलफल गर्ने भनिएको छ । सचिवालय बैठकमा अलग–अलग प्रतिवेदनमाथि जमेर छलफल हुने भएकाले पनि यसअघिभन्दा भिन्न रूपमा नेकपाका बैठकहरूको प्रतीक्षा गरिएको छ ।
सचिवालयलगत्तै नेकपाले १८ मंसिरमा स्थायी समिति बैठक र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सचिवालयमा अहिले चर्किएको विवाद समाधान नभए स्थायी समिति र केन्द्रीय कमिटीसम्म ओली र प्रचण्डको अलग–अलग प्रतिवेदन जाने निश्चित देखिएकाले नेकपाका नेताहरू बहुमत र अल्पमततिर कित्ताकाट हुने सम्भावना छ । जबकि, पार्टी विधानमा निर्णय प्रक्रिया सहमतिमा गर्ने भनिए पनि यसअघि वरिष्ठ नेता माधवकुमार नेपालको नोट अफ डिसेन्ट हुँदाहुँदै तीनपल्टसम्म बहुमतबाट निर्णय गरिएकाले नेकपाको पछिल्लो विवाद बहुमतबाटै छिनोफानो गर्ने बाटो खुलेको छ । किनभने, नेकपाको अन्तरिम विधानको धारा–६० मा निर्णय प्रक्रियामा सर्वसम्मति नभए बहुमतीय प्रक्रियाबाट निर्णय हुने उल्लेख छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply