सशस्त्रमा आलम आतंक
काठमाडौं । सशस्त्र प्रहरीका केही जिल्लामा घुमुवा प्रहरीहरूले तस्करी धन्दा जारी राखेका छन् । सप्तरी, महोत्तरी, सिरहा, जनकपुरको मटिहानी, जहटी, सर्लाहीको मलंगवा, रौतहटको गौर, बंकुल, बाराको मटिअर्वा, सिम्रौनगढ, गोलागन्ज, कवहीगोठ, पर्सालगायतका जिल्लाहरूबाट तल्ला तहका अधिकृतहरूले तस्करी जारी राखेको बताइएको छ ।
पर्सा जिल्लामा घुमुवा सिपाही इमामआलम, हवल्दार वशिष्ट पटेल, बैकुण्ठ बैठा र विकास रौनियार, बारा जिल्लामा गगनदेव साह, रौटहटमा नगिना साहसहित घुमुवाहरूले तस्करहरूसँग रकम असुली गरी तस्करीको लाइन चलाउन सफल भएको बताइएको छ । घुमुवा आलमले तस्करसँग साँठगाँठ गरी तस्करीको लाइन पर्सामा सुचारु गरेको आरोप छ । घुमुवा आलमले पर्सामा रहेका बीओपीका प्रमुखहरूसँग समन्वय गरेर रकम उठाउने गर्दै आएको स्थानीयहरूको आरोप छ । आलमहुनत सशस्त्र प्रहरीका सिपाही मात्र हुन् उनी । तर, उनको रवाफ कुनै एसपीको भन्दा कम छैन । तत्कालीन २ नम्बर प्रदेशका सशस्त्र प्रहरी प्रमुख प्रवीण श्रेष्ठको घुमुवा बसेको बेला तस्करहरू उनको साँठगाँठ रहेको बताइन्छ । तस्करहरू साँठगाँठ राखेको विषयमा उजुरी परेपछि उनी केही समय हेडक्वार्टरमा तानिएका समेत थिए । सिपाही आलमले तस्करहरूसँग नजराना बुझी पर्साको वीरगन्ज भन्सार, अमरपर्टी, पकाहा, सबैठवा, भिस्वा, भिखमपुर, महादेवपर्टी, त्यस्तै बारा जिल्लाको छतवा, बरैनिया, मटिअर्वा, कवहीगोठ, गोलागन्ज, पिपरपाटी, सिम्रोनगढ लगायत क्षेत्रबाट सामान पास गराउने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply