सशस्त्रमा आलम आतंक
काठमाडौं । सशस्त्र प्रहरीका केही जिल्लामा घुमुवा प्रहरीहरूले तस्करी धन्दा जारी राखेका छन् । सप्तरी, महोत्तरी, सिरहा, जनकपुरको मटिहानी, जहटी, सर्लाहीको मलंगवा, रौतहटको गौर, बंकुल, बाराको मटिअर्वा, सिम्रौनगढ, गोलागन्ज, कवहीगोठ, पर्सालगायतका जिल्लाहरूबाट तल्ला तहका अधिकृतहरूले तस्करी जारी राखेको बताइएको छ ।
पर्सा जिल्लामा घुमुवा सिपाही इमामआलम, हवल्दार वशिष्ट पटेल, बैकुण्ठ बैठा र विकास रौनियार, बारा जिल्लामा गगनदेव साह, रौटहटमा नगिना साहसहित घुमुवाहरूले तस्करहरूसँग रकम असुली गरी तस्करीको लाइन चलाउन सफल भएको बताइएको छ । घुमुवा आलमले तस्करसँग साँठगाँठ गरी तस्करीको लाइन पर्सामा सुचारु गरेको आरोप छ । घुमुवा आलमले पर्सामा रहेका बीओपीका प्रमुखहरूसँग समन्वय गरेर रकम उठाउने गर्दै आएको स्थानीयहरूको आरोप छ । आलमहुनत सशस्त्र प्रहरीका सिपाही मात्र हुन् उनी । तर, उनको रवाफ कुनै एसपीको भन्दा कम छैन । तत्कालीन २ नम्बर प्रदेशका सशस्त्र प्रहरी प्रमुख प्रवीण श्रेष्ठको घुमुवा बसेको बेला तस्करहरू उनको साँठगाँठ रहेको बताइन्छ । तस्करहरू साँठगाँठ राखेको विषयमा उजुरी परेपछि उनी केही समय हेडक्वार्टरमा तानिएका समेत थिए । सिपाही आलमले तस्करहरूसँग नजराना बुझी पर्साको वीरगन्ज भन्सार, अमरपर्टी, पकाहा, सबैठवा, भिस्वा, भिखमपुर, महादेवपर्टी, त्यस्तै बारा जिल्लाको छतवा, बरैनिया, मटिअर्वा, कवहीगोठ, गोलागन्ज, पिपरपाटी, सिम्रोनगढ लगायत क्षेत्रबाट सामान पास गराउने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply