छटपटी मेटाउन राजावादीहरूको प्रदर्शन
काठमाडौं । सत्तारूढ दलभित्र देखिएको तीव्र विवाद, प्रमुख प्रतिपक्षी दललगायतको राजनीतिक सुस्तताको फाइदा उठाउँदै पूर्वराजावादीहरूले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको एजेन्डालाई फेरि एकपटक उठाएका छन् । केही दिनयता देशका केही प्रमुख सहरहरूमा पूर्वराजावादीहरूले गणतन्त्र स्थापना भएदेखि नै उठाउँदै आएका राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रका आफ्ना मुद्दाहरूलाई उठाएका हुन् ।
यसपटक तराईका केही प्रमुख सहरहरूमा पूर्वराजावादीहरूले प्रदर्शन गर्दा त्यसको सम्पूर्ण व्यवस्थापन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको देखिएको छ । बाह्य रूपमा देशभक्त वा सचेत नागरिक भनिए पनि पर्दाभित्र भने राप्रपाका नेता कमल थापा र उसका कार्यकर्ताहरूले यी प्रदर्शनहरूमा सक्रिय सहभागिता जनाउन मानिसहरूलाई परिचालित गरेको बुझिएको छ । राप्रपाको पहलमा विराटनगर, जनकपुर, बुटवल, धनगढीलगायत सहरहरूमा प्रदर्शन हुनुपूर्व नै केन्द्रीय तहका आफ्ना नेताहरूलाई खटाएर प्रदर्शनको माहोल तयार पारिएको थियो ।
पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पुनरुत्थान र प्रतिगामी शक्तिहरूको मनोबल बढ्नुका साथै उनीहरूलाई टाउको उचाल्ने मौका मिलेको राप्रपाको पहलमा थालिएको यस्ता प्रदर्शनहरूले पुष्टि गरेको छ । अहिले त थापाले सार्वजनिक रूपमै गणतन्त्र र संघीयताप्रति घृणा फैलाउने अभिव्यक्तिसमेत दिन थालिसकेका छन् । उनले संघीयताको विकल्प सोच्नुपर्नेजस्ता अभिव्यक्ति दिएर राजतन्त्र फर्काउने र हिन्दु राष्ट्र कायम गर्ने अभियानको नेतृत्व गरेको प्रस्टै बुझिएको छ ।
राप्रपाको पहलमा थालिएको जुलुस र प्रदर्शनको पछाडि उनीहरूले आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै पार्टीभित्र जान थालेको पहिरोलाई रोक्ने प्रयत्नका रूपमा समेत अथ्र्याउन थालिएको छ । पछिल्लो समय राप्रपाका केन्द्रीय तहका नेता र कार्यकर्ताहरूले सो पार्टी छाडेर अरू राजनीतिक दलमा प्रवेश गर्न रुचि देखाउँदै आएका छन् । केही महिनापूर्व नै नेता सुनिलबहादुर थापालगायत एउटा ठूलो समूह नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । कांग्रेस प्रवेशसँगै थापा र उनका समूहले केन्द्रीय सदस्यको जिम्मेवारीसमेत पाइसकेका छन् । यसबाहेक जिल्ला तहहरूमा समेत राप्रपा छाड्नेहरूको लर्को लागेको छ ।
यी प्रदर्शनहरूबाट संघीय र प्रदेशसभाको निर्वाचन हुनुअघिसम्म शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका थापालाई अहिले संसद्मा पार्टीको शून्य उपस्थिति हुनुमा निकै छटपटी बढेको महसुस गर्न सकिन्छ । सधैंभरि सत्तामा रहन चाहने प्रवृत्तिका थापा र उनका कार्यकर्ताहरूको महŒवाकांक्षा र सत्तारूढ दलभित्र देखिएको विवादका कारण पनि राजतन्त्र फर्काउने र हिन्दु राष्ट्र कायम गर्ने मुद्दालाई उनले फेरि उछाल्न खोजेको प्रस्टै बुझिन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply