छटपटी मेटाउन राजावादीहरूको प्रदर्शन
काठमाडौं । सत्तारूढ दलभित्र देखिएको तीव्र विवाद, प्रमुख प्रतिपक्षी दललगायतको राजनीतिक सुस्तताको फाइदा उठाउँदै पूर्वराजावादीहरूले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको एजेन्डालाई फेरि एकपटक उठाएका छन् । केही दिनयता देशका केही प्रमुख सहरहरूमा पूर्वराजावादीहरूले गणतन्त्र स्थापना भएदेखि नै उठाउँदै आएका राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रका आफ्ना मुद्दाहरूलाई उठाएका हुन् ।
यसपटक तराईका केही प्रमुख सहरहरूमा पूर्वराजावादीहरूले प्रदर्शन गर्दा त्यसको सम्पूर्ण व्यवस्थापन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको देखिएको छ । बाह्य रूपमा देशभक्त वा सचेत नागरिक भनिए पनि पर्दाभित्र भने राप्रपाका नेता कमल थापा र उसका कार्यकर्ताहरूले यी प्रदर्शनहरूमा सक्रिय सहभागिता जनाउन मानिसहरूलाई परिचालित गरेको बुझिएको छ । राप्रपाको पहलमा विराटनगर, जनकपुर, बुटवल, धनगढीलगायत सहरहरूमा प्रदर्शन हुनुपूर्व नै केन्द्रीय तहका आफ्ना नेताहरूलाई खटाएर प्रदर्शनको माहोल तयार पारिएको थियो ।
पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पुनरुत्थान र प्रतिगामी शक्तिहरूको मनोबल बढ्नुका साथै उनीहरूलाई टाउको उचाल्ने मौका मिलेको राप्रपाको पहलमा थालिएको यस्ता प्रदर्शनहरूले पुष्टि गरेको छ । अहिले त थापाले सार्वजनिक रूपमै गणतन्त्र र संघीयताप्रति घृणा फैलाउने अभिव्यक्तिसमेत दिन थालिसकेका छन् । उनले संघीयताको विकल्प सोच्नुपर्नेजस्ता अभिव्यक्ति दिएर राजतन्त्र फर्काउने र हिन्दु राष्ट्र कायम गर्ने अभियानको नेतृत्व गरेको प्रस्टै बुझिएको छ ।
राप्रपाको पहलमा थालिएको जुलुस र प्रदर्शनको पछाडि उनीहरूले आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै पार्टीभित्र जान थालेको पहिरोलाई रोक्ने प्रयत्नका रूपमा समेत अथ्र्याउन थालिएको छ । पछिल्लो समय राप्रपाका केन्द्रीय तहका नेता र कार्यकर्ताहरूले सो पार्टी छाडेर अरू राजनीतिक दलमा प्रवेश गर्न रुचि देखाउँदै आएका छन् । केही महिनापूर्व नै नेता सुनिलबहादुर थापालगायत एउटा ठूलो समूह नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । कांग्रेस प्रवेशसँगै थापा र उनका समूहले केन्द्रीय सदस्यको जिम्मेवारीसमेत पाइसकेका छन् । यसबाहेक जिल्ला तहहरूमा समेत राप्रपा छाड्नेहरूको लर्को लागेको छ ।
यी प्रदर्शनहरूबाट संघीय र प्रदेशसभाको निर्वाचन हुनुअघिसम्म शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका थापालाई अहिले संसद्मा पार्टीको शून्य उपस्थिति हुनुमा निकै छटपटी बढेको महसुस गर्न सकिन्छ । सधैंभरि सत्तामा रहन चाहने प्रवृत्तिका थापा र उनका कार्यकर्ताहरूको महŒवाकांक्षा र सत्तारूढ दलभित्र देखिएको विवादका कारण पनि राजतन्त्र फर्काउने र हिन्दु राष्ट्र कायम गर्ने मुद्दालाई उनले फेरि उछाल्न खोजेको प्रस्टै बुझिन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply