हेपाहा प्रवृत्तिविरुद्ध कर्मचारीहरू रुष्ट
काठमाडौं । प्रदेश सरकारको हेपाहा प्रवृत्तिविरुद्ध निजामती छैटौं तह (अधिकृत स्तर) का कर्मचारीहरू आन्दोलनको मुडमा देखिएका छन् । देशका सबै प्रदेशमा हजारौंका संख्यामा रहेका सो तहका कर्मचारीहरूलाई अझै पनि प्रदेश सरकारले सौतेनी व्यवहार गर्दै आएको छ ।
केही वर्षअघि कर्मचारी समायोजन हुँदा वरिष्ठतम तहका सुब्बालाई एक तह बढुवा दिएर प्रदेशमा अधिकृत (छैटौं) तह दिएर पठाइएको थियो । उनीहरूलाई अधिकृत (छैटांै) तह सोसरहकै तलब र नाम÷पदसमेत दिइएको थियो । तर, प्रदेशमा गएपछि भने प्रदेश सरकारले उनीहरूलाई अधिकृतको अधिकार दिन आनाकानी गर्दै आइरहेको छ ।
केही समयअघि लुम्बिनी र बागमती प्रदेशको लोकसेवा आयोगले भने सातौं तहदेखि मात्रै अधिकृतका लागि आवेदन खुलायो । अधिकृत (छैटौं) तहकालाई अधिकृत नमान्ने प्रदेश सरकारको जिकिरअनुरूप नै अधिकृतका लागि सातौं तहदेखि मात्रै लोकसेवा खुलाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर हुन पुगेको छ । सर्वोच्च अदालतले भने सोसम्बन्धी मुद्दा दायर भएपछि अन्तरिम आदेश दिइसकेको छ र यो प्रक्रिया अहिले रोकिन पुगेको छ ।
स्थानीय तहमा भने अधिकृत (छैटौं) लाई अधिकृतसरहको अधिकार दिइएको छ । गएको वर्ष लोकसेवा आयोगले स्थानीय तहका लागि १० हजार कर्मचारी भर्नाका लागि आवेदन खुलाएको थियो । त्यसमा अधिकृत (छैटांै) तह भनेर नै विज्ञापन खुलाइएको थियो । त्यतिबेला लोकसेवा उत्तीर्ण गरेका अधिकृत (छैटौं) तहका कर्मचारीहरू अहिले स्थानीय तहमा शाखा अधिकृतको जिम्मेवारीमा काम गर्दै आइरहेका छन् । तर, प्रदेश सरकारले भने अधिकृत (छैटौं) तहकालाई अधिकृत नमान्ने र वरिष्ठ सुब्बासरहकै व्यवहार गर्न थालेपछि भने समस्या उत्पन्न हुन पुगेको हो ।
प्रदेश सरकारले आफूहरूलाई नाम, पद र तलब दिए पनि अधिकार दिनबाट कन्जुस्याइँ गरेकोमा अधिकृत (छैटांै) तहका कर्मचारीहरू आन्दोलनको मुडमा त छन् नै, उनीहरूले प्रश्न गर्न थालेका छन्, ‘स्थानीय तहमा चाहिँ सबै अधिकार पाउने, प्रदेशमा चाहिँ किन नपाउने ?’ अहिले प्रदेशमा सो तहका करिब ६ हजारजति कर्मचारी कार्यरत छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply