कस्ताले लिए उपचार खर्च ?
काठमाडौं । संघीय संसद्का सदस्यहरूलाई उपचार खर्चबापत संसद् सचिवालयले बेहोर्ने व्यवस्था छ । सरकारी अस्पतालको बिल पेस गरेमा सांसदहरूले बिलअनुसार पुरै र निजी अस्पतालको बील पेस गरे ५० प्रतिशत भुक्तानी दिने व्यवस्था छ ।
तर तथ्यांक हेर्दा सो उपचार खर्च पनि साधारण राजनीतिक जीवन भएका नेताले भन्दा पनि उद्योगी–व्यापारी, निर्माण व्यवसायी, जमिनदार सांसदहरूले नै बढी लिएको भेटिएको छ । उद्योगी–व्यासायी सांसदहरूमध्ये प्रेमप्रसाद तुलाचनले गत असार २ गते ६ हजार ३ सय १४ रुपैयाँ र धनुषामा जमिनदारी रहेका जनता समाजवादी पार्टी (जसपा) का सांसद उमाशंकर अरगरियाले सोही दिन ९ हजार ६ सय ८० रुपैयाँ उपचार खर्च लिएका छन् । डेरा भाडा तिर्नसमेत धौधौ पर्ने जनप्रतिनिधिले बरु उक्त सुविधा नलिएको र राजधानीमा घरघडेरी र व्यवसाय चलाइरहेकाहरूले थोरै रकम पनि लिएको देखिन्छ ।
नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले २०७६ भदौ ४ गते स्वास्थ्य उपचार खर्चबापत्त १ हजार ३ सय ४७ रुपैयाँ लिएको देखिन्छ । यस्तै सांसद अञ्जना विशंखेले २०७६ असोज ८ गते २ हजार २ सय २५ रुपैयाँ लिएको देखिन्छ । स्वास्थ्य उपचार खर्च लिनेमा बहालवाला र पूर्वमन्त्रीहरू पनि छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले गत माघ १० गते ५ हजार ८ सय ५ रुपैयाँ उपचार खर्च लिएकी छन् । त्यस्तै, पटकपटक मन्त्री बनेका नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले २०७६ असोज २ गते उपचार खर्चबापत्त एक लाख ३२ हजार ७ सय ३१ रुपैयाँ लिएको देखिन्छ । गएको असोज २८ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त लिलानाथ श्रेष्ठले २१ गते ९ हजार ३ सय ७० रुपैयाँ उपचार खर्च लिएको विवरणमा उल्लेख छ । उनले त्यसअघि २०७६ असोज २८ गते ४ हजार १ सय ३०, २०७६ फागुन २७ गते ६ हजार १ सय ५८, २०७७ असार ३ गते ३ हजार ८ सय १५ रुपैयाँ लिएका थिए । उनले गत आव र चालु आवको तीन महिनामा कुल २३ हजार ४ सय ७३ रुपैयाँ उपचार खर्च लिएका छन् । झापा–४ बाट निर्वाचित सांसद लालप्रसाद (एलपी) सावाँ लिम्बूले २०७६ भदौ १३ गते १८ हजार ८ सय ७९ रुपैयाँ उपचार खर्च लिएको विवरणमा उल्लेख छ । उनी वैदेशिक रोजगार व्यावसायी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष तथा मेनपावर व्यवसायी हुन् ।
आफैंसँग प्रशस्त सम्पत्ति भएकाहरूलाई त्यो सुविधाबाट वञ्चित गर्दा पनि हुने मत पछिल्लो समय आएको छ । हजार, बाह्र सयको समेत सुविधा पाइन्छ भने किन नलिने भनेर बिल पेस गर्ने प्रचालन बढेको सचिवालयका कर्मचारीहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply