एसओएस म्यानपावरमा छापा
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका नेतृत्व तहमा रहेका व्यक्तिहरूसमेत संलग्न र म्यानपावर कम्पनी क्षेत्रको ठूलो कारोबार गर्ने संस्थाका रूपमा चिनिएको एसओएस म्यानपावर सर्भिस प्रालि कालोसूचीमा परेको छ । कुनैबेला वैदेशिक रोजगार क्षेत्रको राम्रो र प्रतिष्ठित कम्पनी भनेर वैदेशिक रोजगार विभागबाट पुरस्कृतसमेत भएको सो कम्पनीले लकडाउनका बेला गलत धन्दा गरेर कालोसूचीमा परेको हो ।
पछिल्लो समय कोभिड–१९ अर्थात् कोरोना भाइरसको प्रकोप बढेसँगै म्यानपावर कम्पनीहरूको काममा मन्दी आएको छ । लामो समय सरकारी कार्यालयसमेत बन्द भएकाले आएका डिमान्डहरू पनि प्रक्रिया अघि बढाउन समस्या पर्दै आएको थियो । यही बीचमा सो कम्पनीले कतार पुलिसका लागि डिमान्डको पूर्वस्वीकृतिबिना नै अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागले छापा हानेको हो । विभागको टोलीले एसओएस कम्पनीले गोप्य रूपमा अन्तर्वार्ता लिइरहेकै अवस्थामा रंगेहात फेला पारेको हो । केही दिनअघि कतार पुलिसका लागि गोप्य अन्तर्वार्ता लिँदालिँदै वैदेशिक रोजगार विभागले दुई म्यानपावरमा छापा हानेको हो । वैदेशिक रोजगार विभागले एकै दिन दुई ठूला म्यानपावर कम्पनी एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो । धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालि दुवैले विभागबाट पूर्वस्वीकृति नै नलिई अन्तर्वार्ता लिइरहेको बताइन्छ । अझ डीडी ह्युमन रिसोर्स म्यानपावरले एउटै ठूलो कोठामा सयौंको संख्यामा युवाहरूलाई राखेर तालिमसमेत दिइरहेको विभागका अधिकारीले जानकारी दिए । एसओएस कम्पनी वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बाटाजुसमेत संलग्न भएको कम्पनी हो । कतार सरकारले २०२२ मा हुने वल्र्डकपका लागि भनेर नेपालबाट कतार पुलिसका लागि ठूलो संख्यामा नेपाली लैजाने र आकर्षक तलब र सुविधा दिने भन्ने कुराले कतार पुलिसमा जान धेरै युवा म्यानपावर कम्पनीमा धाइरहेका देखिन्छन् । हालै सरकारले कतारमा रोजगारीमा पठाउन सिन्डिकेटको झल्को दिइरहेका बेला कतार पठाउन छानिएका १७ कम्पनीमध्ये एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स प्रालिमा नै यस्ता कार्य हुनुले आशंका थपिएको बताइन्छ । विभाग टोलीले दुवै म्यानपावर सञ्चालकलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन पत्र काटेको छ । उनीहरू कालोसूचीमा परेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply