विवादित नै बढुवाको दौडमा
काठमाडौं । सशस्त्र प्रहरीमा सात डीआईजीले मंसिर २७ देखि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि दर्जन एसएसपीहरू बढुवाका लागि प्रतिस्पर्धा गर्दैछन् । डिआइजी नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रह्माचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कवीन्द्रमान श्रेष्ठले २७ मंसिरबाट ३० वर्षे अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि दर्जन एसएसपी प्रतिस्पर्धाका लागि दौडिएका हुन् ।
रिक्त हुने सात डीआईजी पदका लागि १२ जना एसएसपी प्रतिस्पर्धामा छन् । तर, प्रतिस्पर्धामा सबैभन्दा अगाडि भने विगतमा बदनामी कमाएकाहरू नै छन् । एसएसपी अभिकुमार खत्रीलाई अहिले कामू डिआइजीको जिम्मेवारी दिएका कारण उनको बढुवा हुनेमा पक्कापक्की देखिएको छ । उनलाई अहिले नम्बर ६ बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारीसमेत दिइसकिएको छ । लामो समय आर्थिक प्रशासन महाशाखामा रहेर चुस्त कमाएका खत्री गत वर्ष सशस्त्र प्रहरी मुख्यालयको भण्डार शाखामा भएको आगलागी प्रकरणमा मुछिएका व्यक्ति हुन् ।
कोषराज वन्तसहित चार आईजीपीहरूले भ्रष्टाचारको मुद्दा खेपिरहेको अवस्थामा प्रमाण नष्ट गर्न खत्रीकै योजनामा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा योजनाबद्ध रूपमा आगो लगाएको अनुसन्धानबाट खुलेको थियो हो । सशस्त्र प्रहरीका खत्रीसहित डीएसपीहरू होम ज्ञवाली, युवराज आचार्यलगायतको संलग्नता र चार आईजीपीको सल्लाहमा प्रमाण नष्ट पार्ने काम गरेको सो प्रकरणमा सई हुमबहादुर थापा र हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेका थिए । प्रमाण नष्ट गर्न आगजनी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले श्रेष्ठसँगै लेखा शाखामा कार्यरत सई थापाको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । त्यतिबेला सई थापाले खत्री, ज्ञवाली र आचार्यको नाम पनि लिएका थिए ।
डिआईजीका लागि वरिष्ठताका आधारमा प्रतिस्पर्धामा रहेका अर्का एसएसपी गणेशबहादुर ठाडा मगरलाई केही समयअघि अमेरिकी दूतावासको चेतावनीपछि मुख्यालयले सचेत गराएको थियो । अमेरिक राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादस्पद कार्टुन सामाजिक सञ्जालमा सेयर गरेपछि दूतावासले आपत्ति जनाएको थियो । दूतावासले आपत्ति जनाएपछि मुख्यालयले उनलाई सचेत गराएको थियो । डीआईजीको प्रतिस्पर्धामा यीबाहेक शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई, कमल गिरी, कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठकलगायत छन् । सशस्त्र प्रहरी नियमावली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply