मन्त्रीको लोभ देखाउँदै तान्दै
काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र राजनीतिक मूल्य र मान्यताविपरीत रहेको भन्दै उक्त मन्त्रिपरिषद्का सातजना मन्त्रीले गत आइतबार नै सामूहिक राजीनामा दिएका छन् । उनीहरूको राजीनामापछि सात मन्त्रालय अहिले नेतृत्वविहीन भएका छन् । तर, प्रधानमन्त्री ओलीले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्ने बुझिएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय र खानेपानीमन्त्री बिना मगरले राजीनामा दिएपछि नेतृत्वविहीन बन्न पुगेका ती मन्त्रालयलाई नेता किन्ने अस्त्रका रूपमा प्रयोग गर्ने रणनीति बालुवाटारले लिएको बुझिएको छ ।
ओलीको कदम चित्त नबुझ्दानबुझ्दै पनि कतिपय नेताहरू मन्त्रीको आशामा उक्त समूहमा लागेका छन् । टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत नेता मात्र होइनन्, साबिक एमालेमा माधव नेपाल समूहमा रहेका कतिपय नेता पनि ओली समूहको भेलामा सहभागी भएका छन् । अहिल्यै मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्री नपाउनेहरूले आफ्नो समूह छाडेर जाने बुझेका प्रधानमन्त्री ओलीले केही दिनसम्म धेरैलाई मन्त्री पद बाँडिरहने बुझिएको छ ।
ती मन्त्रालय नेतृत्वविहीन बन्दा राष्ट्रिय गौरवका आयोजनासमेत अलपत्र परेका छन् । गौरवका अधिकांश आयोजना पर्यटन र ऊर्जाअन्तर्गत नै पर्छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply