भिजिट भिजामा कामदार खाडी पठाउने गैरकानुनी धन्दा
काठमाडौं । एसआर गु्रप नेपाल नामक मेनपावर कम्पनीले भिजिट भिजामा सयौंको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाण भेटिएको छ । सो कम्पनीले यसरी गैरकानुनी तवरबाट नेपाली कामदार खाडी पठाउँदा उनीहरू अलपत्र पर्दै आएका छन् । म्यानपावरका सञ्चालक राधामोहन जैसवालले गत हप्ता मात्रै दर्जन बढी कामदारलाई जनही १ लाख ५० हजार देखि ३ लाखसम्म रकम लिएर भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाएको खुल्न आएको बताइएको छ ।
वैदेशिक रोजगार विभागमा दर्ता नं. १२५९÷०७३÷७४ मा दर्ता भएको उक्त म्यानपावरका सञ्चालक जैसवालले नक्कली टिकट र कागजात बनाएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूसँग रकम उठाइरहेको खुल्न आएको हो ।
सो कम्पनी त्यसरी ठगेका कामदारहरूमा भुलन मुखिया पासपोर्ट नं. ११८०६०९४, रामबाबु प्रसाद रौनियार पासपोर्ट नं. १०४६८०३८ लगायत दर्जनौं बेरोजगार युवा छन् । उनीहरूसँग १ लाख ५० हजारका दरले रकम उठाएर जैसवालले अकुत सम्पत्ति असुलेको बताइएको छ ।
यी युवा वैदेशिक रोजगारीमा जान तीन महिनादेखि काठमाडौंका होटलमा बसेका छन् । उनीहरू गाउँमा जमिन साहुको नाममा दिएर सयकडा ५ का दरले ऋण लिएर वैदेशिक रोजगारीमा जान आएका थिए । म्यानपावर कम्पनी र त्यसका एजेन्ट गोरख राउत कुर्मीले लामो समय वैदेशिक रोजगारीमा नपठाएपछि उनीहरूले पैसा फिर्ता मागेका थिए । अन्तिम समयमा आएर सञ्चालक जैसवाल र एजेन्ट कुर्मीले उनीहरूलाई भिजिट भिजामा वैदेशिक रोजगारीमा पठाउने तयारी गरेको स्रोतले बताएको छ ।
जैसवालको एकल स्वामित्व रहेको (एसआर ग्रुप नेपाल) कम्पनीले नक्कली कागजात बनाएर रकम असुलेका हुन् । जैसवालका एजेन्ट गोरख पटेल भनेर चिनिने गोरख राउत कुर्मीलगायत दर्जनांैको संख्यामा रहेका जैसवालका एजेन्टहरूले तराईका सोझा र गरिब युवालाई ठग्दै आएका छन् । उनीहरूले नक्कली भिजा र प्लेन टिकट देखाएर रकम असुलिरहेको स्रोतको दाबी छ । जैसवालको एसआर गु्रप नेपालबाट कति संख्यामा नेपाली कामदार भिजिट भिजामा वैदेशिक रोजगारीमा गए भन्ने अनुसन्धान भइरहेको छ । विश्वभरि फैलिएको कोभिडका कारण गत वर्ष चैत ११ देखि सरकारले मुलुकभर बन्दाबन्दी गरेको थियो । लकडाउन र अन्तर्राष्ट्रिय उडान खुकुलो भएपछि म्यानपावर कम्पनी, एजेन्ट र मानव तस्करहरूले रोजगारीमा जाने नागरिकसँग ठूलो मात्रामा रकम असुली गर्दै भिजिट भिजामा वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । वैदेशिक रोजगार विभागले गत हप्ता एकै दिन चार म्यानपावर र केही ट्राभल्स एजेन्सीमा छापा मारेपछि भिजिट भिजामा सेटिङ गरेर वैदेशिक रोजगारीमा जाने क्रम केही कम भए पनि कर्मचारीको सरुवासँगै म्यानपावर, एजेन्ट र ट्राभल्सहरूले सेटिङको अर्को बाटो खोजिरहेको सूचना प्राप्त भएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply