प्रहरीमा बढुवाको रन्को
काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजीमा बढुवाका लागि सिफारिस भएसँगै अन्य पदहरूमा पनि बढुवाका लागि बाटो खुलेको छ ।
नौजना एसएसपी सोमबार डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको डीआईजी बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा हुनेमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेश कुमारलाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्द आचार्य छन् ।
त्यसमध्ये सातजना त वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची छन् । एसएसपी पूजा सिंहलाई भने यो बढुवामा छुटाइएको छ । दिवेश लोहनीजस्ता अनुसन्धानमा काबिल तर बीचमा षड्यन्त्रका कारण कोपभाजनमा परेका व्यक्तिहरूले पनि यसपटक न्याय पाएका छन् । मुद्दाको अन्तिम सफाइ नपाइसके पनि साधारण तारेखमा रिहा भएसँगै लोहनीलाई बढुवाको बाटो खुलेको हो । बढुवाको बाटो खुलेसँगै बहालवाला एसपीहरू एसएसपीको दौडधुपमा छन् । २०७७ वैशाखमा एसएसपी हुन छुटेकाहरू योपटकको प्राथमिकता पर्ने बताइएको छ । त्यो बेला एसपी विष्णुकुमार केसी, वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंहलगायतलाई बढुवामा सिफारिस गर्ने निर्णय गरेको छ । बढुवा सिफारिसमा पर्नेहरूमा किरण राणा, मुकेशकुमार सिंह, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, नवराज भट्ट, लालमणि आचार्य, हृदय थापा, राजकुमार वैदवार चन्द्रकुवेर खापुङ एसएसपीमा बढुवा भएका थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply