फैसला नहुँदा लाखौं विद्यार्थी अन्योलग्रस्त
काठमाडौं । करिब दुई महिनाअघि नै सर्वोच्च अदालतले कक्षा १, ११ र १२ को नयाँ पाठ्यक्रम ‘कार्यान्वयन नगर्नू’ भनेर अन्तरिम आदेश दिएसँगै लाखौं विद्यार्थीको पठनपाठनमा अन्योल छाउन पुगेको छ । अहिले पढाइ चलिरहेको कक्षा ११ का विद्यार्थी धेरै प्रभावित भएका छन् । गएको असोज २८ गते नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चमा रिट परेको थियो ।
असोज २८ गते सर्वोच्च अदालतमा रिट परेपछि पहिलोपटक कात्तिक १९ गते सुनुवाइ भएको थियो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘नयाँ पाठ्यक्रमलाई कार्यान्वयन नगरी यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । सो रिटमाथि अस्ति सोमबार पेसी तोकिएकोमा सो दिनको पेसी स्थगित गरी पुस २० गतेलाई तोकिएको छ ।
सर्वोच्च अदालतले पटकपटक पेसी स्थगित गर्दा लाखौं विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । यसबाट कक्षा ११ का करिब ४ लाख ६० हजारजति विद्यार्थी प्रभावित बनेका छन् । अदालतमा रिट परे पनि काठमाडौं उपत्यकाका निजी विद्यालयहरूले भने सोही पाठ्यक्रमलाई आधार मानेर अनलाइन कक्षामार्फत पठनपाठन गर्दै आएका छन् । तर, काठमाडौं उपत्यकाका सार्वजनिक कलेजहरूका साथै उपत्यकाबाहिरका कलेजहरूले भने अझैसम्म पठनपाठन सुचारु गरेका छैनन् ।
सरकारले हरेक १० वर्षमा नयाँ पाठ्यक्रम लागु गर्ने र हरेक पाँच वर्षमा त्यसको रिभ्यु गर्ने कार्य गर्दै आएको छ । कक्षा १, ११ र १२ को नयाँ पाठ्यक्रम त्यही आधारमा पाठ्यक्रम विकास केन्द्रले २०७६ सालमै स्वीकृत गरेर ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने गएको असोज ३ गते एउटा सूचना जारी गरेर नयाँ पाठ्यक्रम लागु गर्न निर्देशन दिएको थियो । मन्त्रालयले स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै नयाँ पाठ्यक्रमअनुरूप अध्ययन, अध्यापन गराउन निर्देशानात्मक सूचना जारी गरेको थियो ।
निजी विद्यालयहरूले भने पाठ्यक्रम आएदेखि नै कक्षा ११ मा गणित विषयलाई अनिवार्य गरिनुपर्ने माग राख्दै आएको थियो । त्यस्तै, नयाँ पाठ्यक्रम ल्याउँदा सातवटा विषय राखिए पनि निजी विद्यालयका सञ्चालकहरूको विरोधका कारण ६ वटामा झारिएको थियो । नयाँ पाठ्यक्रम ल्याइँदा जीवनपयोगी शिक्षा र सामाजिक शिक्षा गरी दुई बेग्लाबेग्लै विषय राखिएका थिए । तर, निजी विद्यालयका सञ्चालकहरूको विरोधपछि भने यी दुई विषयलाई गाभेर ‘जीवनपयोगी सामाजिक शिक्षा’ ल्याउन विकास केन्द्र सहमत भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply