अझै नउठ्ने भो ९ अर्ब बक्यौता
काठमाडांै । डेडिकेटेड तथा ट्रंक लाइनको उठ्न बाँकी अर्बौं रुपैयाँ बक्यौता पुनः पछाडि धकेलिने देखिएको छ । सरकारले नै कोभिड–१९ को असर कम भएपछि मात्र उक्त बक्यौता असुल गर्ने निर्णय गरेसँगै अर्बौं रुपैयाँ तत्काल नउठ्ने देखिएको हो ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने विषयमा नेपाल विद्युत् प्राधिकरण र उद्योगहरूबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । विगतमा दिनमै १६ घन्टाभन्दा बढी लोडसेडिङ भएको बेला प्राधिकरणले २०७२ सालदेखि उद्योगहरू सञ्चालनका लागि बढी रकम लिएर डेडिकेटेड तथा ट्रंक लाइन सेवा उपलब्ध गराउँदै आएको थियो । लोडसेडिङको बेला प्राधिकरणले उद्योग, अस्पताललगायतलाई दैनिक २० घन्टा विद्युत् आपूर्ति गरेको थियो । तर, २०७५ वैशाखदेखि लोडसेडिङको अन्त्य भएपछि पनि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबापतको शुल्क उद्योगीहरूसँग असुल्दै आएको थियो र यसमा विवाद देखिँदै आएको हो ।
डेडिकेटेड तथा ट्रंक लाइनबापत उद्योगहरूले तिर्नुपर्ने रकमबारे अध्ययन गर्न प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको अध्यक्षतामा एउटा समिति गठन भएको थियो । सो समितिले ९ अर्बभन्दा बढी बक्यौता रहेको प्रतिवेदन प्राधिकरण सञ्चालक समितिसमक्ष पेस गरेको थियो । महालेखापरीक्षकको कार्यालयले पनि साढे ६ अर्ब बक्यौता असुल गर्नुपर्ने कुरा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
डेडिकेटेड तथा ट्रंक लाइनमा देखिएको विवादलाई सल्टाउन ऊर्जा सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा २०७६ पुसमा एउटा समिति गठन गरिएको थियो । सो समितिले तयार पारेको प्रतिवेदन गएको साउनमा मन्त्रिपरिषद्ले पारित गरेर कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकिएको छ ।
तर, पछिल्लो समय भने प्राधिकरणको सञ्चालक समितिले कोभिड–१९ को असर टुंगिएपछि मात्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुल्नेमा सहमति जनाएको छ । तर, कोभिड–१९ को असर तत्काल हट्ने नदेखिएको हुँदा डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं बक्यौता तत्काल नउठ्ने सम्भावना बढेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply