अझै नउठ्ने भो ९ अर्ब बक्यौता
काठमाडांै । डेडिकेटेड तथा ट्रंक लाइनको उठ्न बाँकी अर्बौं रुपैयाँ बक्यौता पुनः पछाडि धकेलिने देखिएको छ । सरकारले नै कोभिड–१९ को असर कम भएपछि मात्र उक्त बक्यौता असुल गर्ने निर्णय गरेसँगै अर्बौं रुपैयाँ तत्काल नउठ्ने देखिएको हो ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने विषयमा नेपाल विद्युत् प्राधिकरण र उद्योगहरूबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । विगतमा दिनमै १६ घन्टाभन्दा बढी लोडसेडिङ भएको बेला प्राधिकरणले २०७२ सालदेखि उद्योगहरू सञ्चालनका लागि बढी रकम लिएर डेडिकेटेड तथा ट्रंक लाइन सेवा उपलब्ध गराउँदै आएको थियो । लोडसेडिङको बेला प्राधिकरणले उद्योग, अस्पताललगायतलाई दैनिक २० घन्टा विद्युत् आपूर्ति गरेको थियो । तर, २०७५ वैशाखदेखि लोडसेडिङको अन्त्य भएपछि पनि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबापतको शुल्क उद्योगीहरूसँग असुल्दै आएको थियो र यसमा विवाद देखिँदै आएको हो ।
डेडिकेटेड तथा ट्रंक लाइनबापत उद्योगहरूले तिर्नुपर्ने रकमबारे अध्ययन गर्न प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको अध्यक्षतामा एउटा समिति गठन भएको थियो । सो समितिले ९ अर्बभन्दा बढी बक्यौता रहेको प्रतिवेदन प्राधिकरण सञ्चालक समितिसमक्ष पेस गरेको थियो । महालेखापरीक्षकको कार्यालयले पनि साढे ६ अर्ब बक्यौता असुल गर्नुपर्ने कुरा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
डेडिकेटेड तथा ट्रंक लाइनमा देखिएको विवादलाई सल्टाउन ऊर्जा सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा २०७६ पुसमा एउटा समिति गठन गरिएको थियो । सो समितिले तयार पारेको प्रतिवेदन गएको साउनमा मन्त्रिपरिषद्ले पारित गरेर कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकिएको छ ।
तर, पछिल्लो समय भने प्राधिकरणको सञ्चालक समितिले कोभिड–१९ को असर टुंगिएपछि मात्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुल्नेमा सहमति जनाएको छ । तर, कोभिड–१९ को असर तत्काल हट्ने नदेखिएको हुँदा डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं बक्यौता तत्काल नउठ्ने सम्भावना बढेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply