उपचारका लागि प्रचण्ड पत्नी सीतालाई मुम्बई लगियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
केही दिनयता सीताको स्वास्थ्यमा समस्या बढ्दै गएपछि थप उपचारका लागि सीतालाई सोमबार दिल्ली हुँदै मुम्बई लगिएको हो । पत्नीको उपचारको सिलसिलामा अध्यक्ष प्रचण्ड पनि साथमै मुम्बई प्रस्थान गरेका छन् । त्यस्तै, पुत्रीहरू रेणु र गंगा पनि साथमै छन् । दिल्ली उत्रिएपछि सीतालाई उपचारका लागि मुम्बई लगिने प्रचण्डको सचिवालयले जनाएको छ ।
‘अध्यक्ष कमरेड पनि उपचारको सिलसिलामा साथमै रहनुहुनेछ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले भने । सीताको स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । एक दिनको उपचारपछि निवासमै आराम गरिरहेकी सीताको थप उपचार जापनी प्रविधिबाट मुम्बईमा हुनेछ ।
पार्किन्सन, पिएसपीलगायत रोगबाट प्रताडित सीताको यसअघि अमेरिका, थाइल्यान्ड र दिल्लीमा गरिएको थियो । यसपटक भने चिकित्सकहरूको सुझावअनुसार मुम्बईमा गरिने जनाइएको छ ।
सम्बन्धित समाचार
-
‘संसद विघटनसँगै ओली सिद्धिए’
- ‘कामचलाउ सरकार’को मोदी सन्देश
-
बिग मार्टमा ठगी !
-
सशस्त्रमा घर जानेको लर्को
- खारेज गर्नुपर्नेमा धमाधम स्थापना
- ललितपुरको डनगिरीमा को–को ?
- मन्त्रीको लोभमा कित्ता परिवर्तन
-
योगेश भट्टराई आन्दोलन परिचालनको सहकमान्डर
-
प्रदेशहरूमा ओलीलाई धक्का, नयाँ सरकार गठनको कसरत
- अझै नउठ्ने भो ९ अर्ब बक्यौता
-
फैसला नहुँदा लाखौं विद्यार्थी अन्योलग्रस्त
- संसद विघटनपछि ३१ विधेयक अलपत्र
Leave a Reply