योगेश भट्टराई आन्दोलन परिचालनको सहकमान्डर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता योगेश भट्टराईलाई प्रतिगमनविरोधी आन्दोलनको सहसंयोजक बनाएको छ । नेकपाको स्थायी समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित आन्दोलन परिचालन कमिटीको सचिवालय विस्तार गर्दै नेता भट्टराईलाई सहसंयोजकको जिम्मेवारी दिएको हो ।
त्यस्तै, आन्दोलन परिचालन समितिकै सहसंयोजकमा स्थायी समिति सदस्यहरू पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेता भट्टराईलाई केन्द्रीय संघर्ष समितिको प्रवक्ता पनि तोकिएका छन् । पूर्वसंस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेता भट्टराई आन्दोलन परिचालनको कुशल कमान्डर मानिन्छन् ।
आन्दोलनलाई व्यवस्थित र विस्तारित गर्न नेकपाले प्रदेश, जिल्ला, पालिका र वडास्तरसम्म संघर्ष समिति बनाउने निर्णय पनि गरेको छ । प्रचण्ड–नेपाल समूहले गत १८ मंसिरमा दोस्रो चरणको एकमहिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । कालो झन्डा प्रदर्शन, बैठक, भेला, प्रशिक्षण, नागरिक समाज र प्रेससँग अन्तक्र्रिया, प्रदेश र जिल्लाहरूमा विरोधसभालगायत २३ माघसम्मका लागि नेकपाले आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । यसअघि १४ पुसमा नेकपाले बृहत् जुलुस र विरोधसभा आयोजना गरेको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply