योगेश भट्टराई आन्दोलन परिचालनको सहकमान्डर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता योगेश भट्टराईलाई प्रतिगमनविरोधी आन्दोलनको सहसंयोजक बनाएको छ । नेकपाको स्थायी समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित आन्दोलन परिचालन कमिटीको सचिवालय विस्तार गर्दै नेता भट्टराईलाई सहसंयोजकको जिम्मेवारी दिएको हो ।
त्यस्तै, आन्दोलन परिचालन समितिकै सहसंयोजकमा स्थायी समिति सदस्यहरू पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेता भट्टराईलाई केन्द्रीय संघर्ष समितिको प्रवक्ता पनि तोकिएका छन् । पूर्वसंस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेता भट्टराई आन्दोलन परिचालनको कुशल कमान्डर मानिन्छन् ।
आन्दोलनलाई व्यवस्थित र विस्तारित गर्न नेकपाले प्रदेश, जिल्ला, पालिका र वडास्तरसम्म संघर्ष समिति बनाउने निर्णय पनि गरेको छ । प्रचण्ड–नेपाल समूहले गत १८ मंसिरमा दोस्रो चरणको एकमहिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । कालो झन्डा प्रदर्शन, बैठक, भेला, प्रशिक्षण, नागरिक समाज र प्रेससँग अन्तक्र्रिया, प्रदेश र जिल्लाहरूमा विरोधसभालगायत २३ माघसम्मका लागि नेकपाले आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । यसअघि १४ पुसमा नेकपाले बृहत् जुलुस र विरोधसभा आयोजना गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply