ललितपुरको डनगिरीमा को–को ?
काठमाडौं । पछिल्लो समय ललितपुर क्षेत्रमा डनगिरी मच्चाउनेहरू परिवर्तन भएका छन् । सुरक्षा स्रोतका अनुसार गुन्डाका नाइकेहरूले आफ्नो क्षेत्राधिकार बढाउन लागेका छन् । ठमेलमा लामो समय राइदाइँ गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे र चक्रपथ क्षेत्रका मिलन गुरुङ उर्फ चक्रे मिलनको भूमिका अहिले नयाँ केटाहरूले ललितपुरतिर सरेर निर्वाह गर्न थालेको बताइएको छ । डनद्वयले अहिले ललितपुर जिल्लामा आफ्नो सञ्जाल फिजाउन थालेका छन् । ललितपुर क्षेत्रमा ढुंगाखानी, क्रसर, इँटा उद्योगजस्ता आयस्रोतका बाटाहरू बढ्न थालेपछि उनीहरूको आँखा त्यता परेको हो । ललितपुरमा आफ्नो सञ्जाल विस्तार गर्न मनाङेले प्रकाश माली नाम गरेका युवाको नेतृत्वमा एक दर्जन युवा परिचालन गरेको बताइन्छ । जसमा युवराज खड्का, सुरेश लामा, ललितपुर चौघरेका दयाराम महर्जन, सेनाका पूर्वहवल्दार चुडाबहादुर कार्कीलगायत रहेको स्रोतको दाबी छ ।
अहिले मनाङेको ललितपुर समूहमा सामेल भएका युवराज खड्का अर्का गुन्डा नाइके बाहुन डनका खास सहयोगी हुन् भने प्रकाश माली मीनकृष्ण महर्जनका । बाहुन जेल र महर्जन राजनीतिमा सक्रिय भएपछि उनीहरूका केटालाई मनाङे र चक्रेले परिचालन गर्न थालेको स्रोतको दाबी छ । चक्रेले दीपक तालुलाई अगाडि सारेका छन् भने तालुले ललितपुरकै राजु बोगटी, उत्तम महर्जन, निरोज महर्जन, सरोन श्रेष्ठ, विनोद महर्जन, विकास कार्की, उमेश मल्ल, भोला खड्काको सहयोगमा काम अगाडि बढाएको बताइन्छ । मितेरी ट्राभल्सका सञ्चालक शेखर गुुरागाईलाई अपहरण गरी फिरौती लिएको अभियोगमा बोगटी, उत्तम र खड्का जेल जीवन बिताएर छुटेका अभियुक्त हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply