ललितपुरको डनगिरीमा को–को ?
काठमाडौं । पछिल्लो समय ललितपुर क्षेत्रमा डनगिरी मच्चाउनेहरू परिवर्तन भएका छन् । सुरक्षा स्रोतका अनुसार गुन्डाका नाइकेहरूले आफ्नो क्षेत्राधिकार बढाउन लागेका छन् । ठमेलमा लामो समय राइदाइँ गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे र चक्रपथ क्षेत्रका मिलन गुरुङ उर्फ चक्रे मिलनको भूमिका अहिले नयाँ केटाहरूले ललितपुरतिर सरेर निर्वाह गर्न थालेको बताइएको छ । डनद्वयले अहिले ललितपुर जिल्लामा आफ्नो सञ्जाल फिजाउन थालेका छन् । ललितपुर क्षेत्रमा ढुंगाखानी, क्रसर, इँटा उद्योगजस्ता आयस्रोतका बाटाहरू बढ्न थालेपछि उनीहरूको आँखा त्यता परेको हो । ललितपुरमा आफ्नो सञ्जाल विस्तार गर्न मनाङेले प्रकाश माली नाम गरेका युवाको नेतृत्वमा एक दर्जन युवा परिचालन गरेको बताइन्छ । जसमा युवराज खड्का, सुरेश लामा, ललितपुर चौघरेका दयाराम महर्जन, सेनाका पूर्वहवल्दार चुडाबहादुर कार्कीलगायत रहेको स्रोतको दाबी छ ।
अहिले मनाङेको ललितपुर समूहमा सामेल भएका युवराज खड्का अर्का गुन्डा नाइके बाहुन डनका खास सहयोगी हुन् भने प्रकाश माली मीनकृष्ण महर्जनका । बाहुन जेल र महर्जन राजनीतिमा सक्रिय भएपछि उनीहरूका केटालाई मनाङे र चक्रेले परिचालन गर्न थालेको स्रोतको दाबी छ । चक्रेले दीपक तालुलाई अगाडि सारेका छन् भने तालुले ललितपुरकै राजु बोगटी, उत्तम महर्जन, निरोज महर्जन, सरोन श्रेष्ठ, विनोद महर्जन, विकास कार्की, उमेश मल्ल, भोला खड्काको सहयोगमा काम अगाडि बढाएको बताइन्छ । मितेरी ट्राभल्सका सञ्चालक शेखर गुुरागाईलाई अपहरण गरी फिरौती लिएको अभियोगमा बोगटी, उत्तम र खड्का जेल जीवन बिताएर छुटेका अभियुक्त हुन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply