सशस्त्रमा घर जानेको लर्को
काठमाडौं । सशस्त्र प्रहरीमा एआईजीदेखि डिएसपीसम्मका दर्जनौं अधिकृतहरू अवकास हुने भएका छन् । यही पुस मसान्तबाट उनीहरू एकैसाथ घरजान लागेका हुन् । ३० वर्षे सेवाहदका कारण एआईजी नारायणबाबु थापादेखि डिएसपी समाचार शाखाका डिएसपी अजय छत्कुलीसम्म अवकाश हुन लागेका हुन् । नेपाल प्रहरीमा सेवा सुरु गरेका उनीहरू २०५८ सालमा सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरीमा गएका थिए । अनिवार्य अवकाश पाउनेमा एआईजी नारायणबाबु थापा उच्च पदस्थ अधिकृत हुन् । थापा सशस्त्र प्रहरीका उच्च व्यावसायिक अधिकृत मानिन्छन् । त्यस्तै सएसपीहरूमा इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरुङ र राजेन्द्रकुमार अधिकारी पनि अवकाश हुँदैछन् ।
त्यसैगरी एसपीहरूमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसीराम दाहाल, रोशन श्रेष्ठ, वसन्तकुमार बोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चौधरी, अर्जुनप्रसाद सापकोटा पनि अवकाश हुन लागेका हुन् ।
यसैगरी डीएसपीहरू अजय छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाशकुमार माझी, रूपबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदीशप्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्री पनि अवकाश हुन लागेका हुन् । करिब तीन दर्जन अधिकारीहरूको अवकाशसँगै सशस्त्रमा बढुवाको पनि दौडधुप सुरु भएको छ । केही दिनअघि मात्रै ६ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको सशस्त्रमा अब खालि हुने एसएसपी बढुवाका लागि न्यूनतम योग्यता पुगेका उम्मेदवार नभएको बताइन्छ । सशस्त्रमा एसएसपीमा बढुवाका लागि एसपीमा कम्तीमा चार वर्ष पूरा भएको हुनैपर्ने नियम छ । तर, अहिले कोही पनि उक्त नियमावलीभित्र नपर्ने देखिएपछि सशस्त्रमा कायमुकायम बढुवाको कुरा उठेको छ । ं
यसरी कायममुकायम बढुवाका लागि २०७५ वैशाख २६ गते बढुवा भएका सि.सं. १ को टोली अग्रपंक्तिमा छ । सो टोलीमा सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा, अन्जनीकुमार पोखरेल, मनीष थापा, प्रकाश थापा रहेका छन् । त्यसैगरी मुरारी बस्नेत, रेशमकुमार थक्सु, कृष्ण ढकाल, विशेश्वर थापा, विनोदराज श्रेष्ठ, प्रवीण कँडेल कायममुकायम बढुवाको सूचीमा छन् ।
त्यसैगरी सि.सं. २ का विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी, विश्वकुमार भट्टराई, भूपेन्द्र केसी, कमलप्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेलसम्म एसएसपी बढुवाको सूचीमा छन् । अहिले एसएसपीका १० पद रिक्त रहेका भए पनि आगामी माघ १ गतेसम्म रिक्त पद संख्या २१ पुग्ने सशस्त्र प्रहरी बल नेपाल हलचोक स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply