कोरा व्यक्तिलाई बिमाको ताला–चाबी
काठमाडौं । बिमा क्षेत्रको खासै अनुभव नभएका कोरा मानिसलाई बिमा समितिको अध्यक्षमा नियुक्त गरिएको छ । केही दिनपूर्व मात्रै पूर्वगृह सचिव सूर्यप्रसाद सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।
अवकाश पाएपछि कुनै न कुनै नियुक्ति ताक्ने अधिकांश पूर्वप्रशासकहरूजस्तै पूर्वगृह सचिव सिलवालले पनि नियुक्तिका लागि दौडधुप गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आँखा लगाएका थिए । तर, आयोगको सदस्यका लागि पहल गरे पनि उनी सिफारिसमा पर्न सकेनन् । आयोगमा नपरेको बदलामा उनलाई अहिले सरकारले बिमा समितिको अध्यक्षमा नियुक्त गरेको बुझिएको छ ।
तर, बिमाको अध्यक्षमा नियुक्त भए पनि उनी बिमा क्षेत्रका अनुभवी व्यक्ति भने होइनन् । उनलाई बिमा ऐनविपरीत सरकारले नियुक्त गरेको छ । बिमा ऐन, २०४९ मा बिमाको अध्यक्ष हुन इन्स्योरेन्ससम्बन्धी ज्ञान भएको व्यक्ति हुनुपर्ने प्रस्ट रूपमा उल्लेख गरिएको छ । तर, सिलवालमा भने बिमासम्बन्धी कुनै ज्ञान नभएको बताइन्छ ।
यसअघि बिमाको अध्यक्षमा चिरञ्जीवी चापागार्इंलाई नियुक्त गरिँदा बिमा ऐनविपरीत नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दाको फैसला हुन लामो समय लागेको हुँदा उनले आधाजति अवधि काम गरिसकेका थिए । आधा अवधि काम गरिसकेको हुँदा तत्कालीन समयमा अदालतले फैसला गर्दै ‘आगामी दिनमा नियुक्ति गर्दा ऐनलाई टेकेर मात्रै नियुक्ति गर्नुहोला’ भनिएको थियो ।
सर्वोच्चले पूर्वअध्यक्ष चापागार्इंको विषयमा गरेको फैसलाको नजिर हुँदाहुँदै अहिले बिमासम्बन्धी कुनै ज्ञान नै नभएको सिलवाललाई नियुक्ति गरिएको छ । यो नियुक्तिले अनुभव नै नभए पनि सरकारको आशीर्वाद रह्यो भने जस्तोसुकै मानिसले पनि जस्तोसुकै क्षेत्रको जिम्मेवारी पाउँछन् भन्ने पुष्टि गरेको छ । बिमा क्षेत्रका एकसे एक मानिसहरू अध्यक्ष बन्न योग्य हुँदाहुँदै सिलवाललाई नियुक्त गरिनु रहस्यमय बन्न पुगेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply