समितिको गाडी लिएर नैतिकताको भाषण
काठमाडौं । संसद् विघटन भएसँगै प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिसमेत स्वतः विघटित भए पनि पूर्वसभापतिहरूले अझै सुविधाको सवारीसाधन फिर्ता गरेका छैनन् । मकवानपुरको क्षेत्र १ बाट निर्वाचित सांसद कृष्ण दाहालले समितिको गाडी दौडाएर पार्टी नेताहरूविरुद्ध गाली गरिरहेका छन् । आफूलाई नैतिक नेता भनेर आदर्शवादी देखाउन चाहने अर्थ समितिका सभापति दाहालले संसद् सचिवालयमा फिर्ता गर्नुपर्ने गाडी मकवानपुरको गाउँगाउँमा कुदाइरहेका छन् ।
संसद् विघटनसँगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिको सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्ध गराएको सवारीसाधन भने सभापतिहरूले अझै फिर्ता गरेका छैनन् । सरकारले प्रतिनिधिसभा विघटन गरेको डेढ महिना पुग्दा पनि गाडी फिर्ता नगर्ने विघटित सांसद दाहालको गाडी जनताले खोस्ने चेतावनी दिइसकेका छन् ।
प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सांसदहरूको सांसदका हैसियतले सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा खोसिएका छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै आफ्नो भएभरको सुविधा खोसिने डरले यो संविधानअनुसार संसद् भंग गर्न मिल्दैन भनेर केही मिडियामा सत्य बोलेका उनी केही दिनपछि मात्रै ओली पक्षमा खुलेका थिए । उनले आफूले काम देखाउन मकवानपुर जिल्ला घर भई काठमाडौंमा बसेका केही युवाको भेलासमेत आयोजना गरेर गाउँमा गएर टोलीसहित प्रतिगमन सही भन्ने निष्कर्ष निकाल्दै मकवानपुर छिरेका थिए । अखिलका महेश बर्तौलासहितका युवाहरू लिएर मकवानपुर छिरेका उनी सोही गाडी चढेर नैतिकताको पाठ पढाइरहेका छन् । जुन कुराले उनलाई नै गिज्याइरहेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply