किन तानिए एसएसपी थापा ?
काठमाडांै । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा सरुवा भएका छन् । उनलाई बीचबाटै तानिएको हो । महाशाखाको प्रमुखमा एसएसपी चन्द्रकुवेर खापुङलाई पठाइएको छ ।
गृह मन्त्रालयले एसएसपी थापालाई सरुवा गरी खापुङलाई उनको ठाउँमा काजमा पठाएको छ । एसएसपी थापाले साथीभाइसँग आफैंले सरुवा मागेर गएको बताए पनि उनलाई प्रहरी मुख्यालयले पछिल्लो गतिविधिका कारण बीचैमा तानेको बताइएको छ ।
महानगरीय आयुक्त कार्यालयका प्रमुख हरि पाल र उनीबीच तालमेल नमिलेपछि पालले उनलाई हटाउन चाहेको बताइन्छ । पछिल्लोपटक रामकुमारी झाँक्री पक्राउ प्रकरणमा प्रहरीको मात्र होइन, सरकारको समेत बदनाम भएको निष्कर्षसहित महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई मुख्यालय तानिएको बताइन्छ । थापाले यसबीचमा नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा गिरफ्तार गरेका थिए । तर, व्यापक विरोध र अदालतले छाडिदिने भएपछि उनलाई तत्कालै छाडिएको थियो । एसएसपी थापा कोेरोना महामारीका बीचमा गएको वैशाख १२ गते महाशाखा सरुवा भएका थिए । उनको कार्यकालमा संगठित अपराधका साथै केही पुराना घटनाका फरार अभियुक्तहरू पक्राउ परेका थिए । महाशाखामा आएर यति छिट्टै सरुवा हुने अधिकारीमा सायद थापा नै पर्छन् । एसएसपी थापाको सरुवा भर्ना छनोट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो । खापुङ भने पूर्वगृहसचिव प्रेम राईको पावरमा बढुवा भएका अधिकृत हुन् । त्यस्तै मन्त्रालयले एसएसपी मधुसूदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply