किन तानिए एसएसपी थापा ?
काठमाडांै । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा सरुवा भएका छन् । उनलाई बीचबाटै तानिएको हो । महाशाखाको प्रमुखमा एसएसपी चन्द्रकुवेर खापुङलाई पठाइएको छ ।
गृह मन्त्रालयले एसएसपी थापालाई सरुवा गरी खापुङलाई उनको ठाउँमा काजमा पठाएको छ । एसएसपी थापाले साथीभाइसँग आफैंले सरुवा मागेर गएको बताए पनि उनलाई प्रहरी मुख्यालयले पछिल्लो गतिविधिका कारण बीचैमा तानेको बताइएको छ ।
महानगरीय आयुक्त कार्यालयका प्रमुख हरि पाल र उनीबीच तालमेल नमिलेपछि पालले उनलाई हटाउन चाहेको बताइन्छ । पछिल्लोपटक रामकुमारी झाँक्री पक्राउ प्रकरणमा प्रहरीको मात्र होइन, सरकारको समेत बदनाम भएको निष्कर्षसहित महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई मुख्यालय तानिएको बताइन्छ । थापाले यसबीचमा नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा गिरफ्तार गरेका थिए । तर, व्यापक विरोध र अदालतले छाडिदिने भएपछि उनलाई तत्कालै छाडिएको थियो । एसएसपी थापा कोेरोना महामारीका बीचमा गएको वैशाख १२ गते महाशाखा सरुवा भएका थिए । उनको कार्यकालमा संगठित अपराधका साथै केही पुराना घटनाका फरार अभियुक्तहरू पक्राउ परेका थिए । महाशाखामा आएर यति छिट्टै सरुवा हुने अधिकारीमा सायद थापा नै पर्छन् । एसएसपी थापाको सरुवा भर्ना छनोट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखाको जिम्मेवारी दिएको हो । खापुङ भने पूर्वगृहसचिव प्रेम राईको पावरमा बढुवा भएका अधिकृत हुन् । त्यस्तै मन्त्रालयले एसएसपी मधुसूदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply