जगदम्बा टिभिएसमा तालाबन्दी
काठमाडौं । कोभिड–१९ को महामारीपछि विभिन्न उद्योग, कलकारखाना थला परे । लामो समय उद्योग, कलकारखानाहरू सञ्चालनमा आउन सकेनन् र अहिलेसम्म पनि कतिपय उद्योग, कलकारखानाहरू पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । तर, जगदम्बा टिभिएस कम्पनीले भने कोभिड–१९ को महामारी कम भएसँगै व्यापारमा तरक्की नै ग¥यो ।
सो कम्पनीको बिक्री पहिलाको तुलनामा ९ सय प्रतिशतसम्म बढेको बताइन्छ । तर, बिक्रीमा रेकर्ड तोके पनि त्यही कम्पनीले कोभिड–१९ लाई कारण देखाएर मजदुरहरूमा व्यापक कटौती गरेको छ । कोभिड–१९ को महामारीका कारण कम्पनी नचलेको भन्दै केही समयअघि २० जना मजदुरलाई निष्कासन गरेपछि अहिले सो कम्पनीका मजदुरहरू आन्दोलित छन् । ती मजदुरहरूलाई व्यवस्थापन पक्षले पूर्वाग्रह राखेर निष्कासन गरेको मजदुरहरूको भनाइ छ ।
निष्कासनमा परेका मजदुरहरूले आफ्नो पुनर्बहाली हुनुपर्ने माग राख्दै आएका छन् । मजदुरहरूको छाता संगठन अन्टुफ पनि निष्कासनमा परेका मजदुरहरूको समर्थनमा उत्रिएको छ । निष्कासनमा परेका मजदुरहरूको पुनर्बहाली हुनुपर्ने माग राख्दै अन्टुफले केही दिनअघि सो कम्पनीको सोरुम र गोदाममा तालाबन्दी गरेको छ । मजदुरहरूको माग पूरा नभएसम्म ताला नखोल्नेमा मजदुर संगठन दृढ देखिएको छ ।
सो कम्पनीले श्रमिकहरूको श्रम ऐन, २०७४ को अपव्याख्या गरी मजदुरहरूलाई निष्कासन गरेको बताइएको छ । यसअघि पनि अन्टुफले श्रम ऐनको दुरुपयोग र अपव्याख्याका विरुद्धमा निरन्तर विरोध जनाउँदै आएको छ । यो विषयमा सबै मजदुर संगठनहरूको साझा धारणा बनेको बताइन्छ । पछिल्लो समय श्रम ऐनको अपव्याख्या गरेर मजदुरहरूलाई निष्कासन गर्न कतिपय उद्योग, कम्पनीहरू सक्रिय देखिँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply