१९ फाल्गुन २०७७, बुधबार १३:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपाले भोली फेरी बोलायो केन्द्रिय कमिटीको आपतकालिन बैठक
काठमाडौं । नेकपाको केन्द्रिय कमिटी बैठक भोली बिहिबार पुन बस्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेतृत्व गरेको सो पार्टीको केन्द्रिय कमिटी बैठक आज बुधबार पनि बसेको थियो । आजको बैठक सकेर केन्द्रिय सदस्यहरु हिडेको १ घण्टापछि सदस्यहरुलाई भोली पनि बैठक बस्ने भनेर खबर गरिएको थियो ।
आज बैठक सकेर निस्केपछि भोली फेरी जरुरी बैठक बस्नुपर्ने खबर आएको नेकपाका एक केन्द्रिय सदस्यले बताए । भोली दिउँसो १२ बजेका लागि बैठक डाकिएको छ ।
आजको बैठकले नेकपा संसदीय दलको नेताबाट केपी शर्मा ओली, उपनेताबाट सुवास नेम्वाङ, सचेतकबाट शान्ता चौधरी, ओलीले हालै नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रिय सदस्यहरु कर्णबहादुर थापा, महेस बस्नेत, सूर्य थापा र प्रभू शाहलाई पार्टी गतिविधि विरोधी काम गरेको भन्दै कार्वाहीको निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply