के हुन्छन् प्रदेश सरकार ?
काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई आआफ्नै घरमा फर्काइदिएपछि अब यी दुई पार्टीको एकतापछि बनेका प्रदेश सरकारहरू के हुन्छन् भन्ने चासो सर्वत्र छ । दुई पार्टी अलगअलग भएको अवस्थामा प्रदेश १ र वागमती प्रदेशमा एमालेको एकल बहुमत भएकाले त्यहाँका सरकार सुरक्षित बनेका छन् । तर, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार ‘रेड जोन’ मा परेका छन् ।
‘रेड जोन’ मा परेका ती प्रदेशको सरकारको भविष्य पनि संघीय सरकारमा आउने फेरबदलमा निर्भर हुने बताइन्छ । आगामी दिनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भविष्य जुन बाटोमा अघि बढ्छ प्रदेश सरकारले पनि त्यही बाटो समात्ने देखिन्छ । माओवादी, कांग्रेस र राजपा मिले ओली नेतृत्वको सरकार ढाल्ने र नयाँ सरकार बनाउने परिस्थिति बन्यो भने प्रदेशमा माओवादीलाई सबैभन्दा ठूलो घाटा हुने देखिन्छ । किनभने, माओवादीको मुख्यमन्त्री रहेका कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार ढल्ने अवस्था छ । ४० सांसद रहेको कर्णाली प्रदेशमा एमालेका १९, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यहाँ एमालेलाई एकल सरकार बनाउन १ सांसद मात्र चाहिन्छ । तर, माओवादी र कांग्रेस मिल्दा पनि आवश्यक संख्या पुग्दैन । सुदूरपश्चिम प्रदेशको अवस्था पनि उस्तै छ । ५३ सांसद रहेको यो प्रदेशमा एमालेका मात्र २५ सांसद छन् । एमालेलाई मात्र सरकार बनाउन दुई सांसद मात्र पुग्दैनन् । तर माओवादीका लागि १३ सांसद पुग्दैनन् ।
माओवादी, कांग्रेस र राजपा मिलेमा एमालेले लुम्बिनी प्रदेश भने गुमाउनुपर्ने देखिन्छ । यहाँ एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९ र राजपाका ६ सांसद छन् । तीन पार्टीका गरी ४५ सांसद छन् । जुन सरकार गठनका लागि बहुमत हो । एमाले एक्लैका लागि भने ३ सांसद अपुग हुन्छन् ।
प्रदेश १ र बाग्मती प्रदेश सरकार त हिजोभन्दा झन् बलियो बनेका छन् । यी दुवैमा एमालेको एकल बहुमत छ । हिजो एमालेभित्र दुई समूह हुँदा यहाँका मुख्यमन्त्रीलाई सरकार जोगाउन हम्मे परेको थियो । दुवै प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत पेस भएको थियो । तर, सरकार ढल्ने भएकाले संसद बैठक धकेलिँदै आएको थियो ।
तर, केन्द्रमा नयाँ परिस्थितिमा पुनः वाम गठबन्धनकै सरकार बनेका अहिलेका प्रदेश सरकारलाई सबैभन्दा कम्फर्ट हुने देखिन्छ । एमाले र माओवादीकै सरकार केन्द्रमा भएका सबै प्रदेशका अहिलेका सरकार सुरक्षित रहने देखिन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply