मध्यपुरका मेयरको दादागिरी रोकिएन
काठमाडौं । भक्तपुर मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको दादागिरीले सीमा नाघेको छ । सुरुवातदेखि नै विवादमा आएका उनले पछिल्लोपटक केही बस्ती जबर्जस्ती विस्थापन गर्न खोजेपछि विवादमा परेका हुन् । मेयर श्रेष्ठ उक्त नगरपालिकाअन्तर्गतका केही क्षेत्रमा जनताको घर बनिसकेको स्थानमा बस्तीको प्लानिङ रोक्का गरेको सूचना जारी गर्न लगाएका छन् । गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर नगरको बस्ती योजनाअन्तर्गत उल्लिखित क्षेत्रमा जग्गा प्लानिङ गर्न रोकिएको हो ।
स्थानीयहरूले आफ्नो घर बनिसकेको भन्दै यथावत् कायम राख्न ज्ञापनपत्र पेस गर्दा पनि उनले कुनै सुनुवाइ नगरेको बताइएको छ । उनले त्यस नगरपालिकाअन्तर्गत कालाडोल क्षेत्र, बुढाथोकी गाउँ, कोला फाँट, राधेराधे, कुन्डोल हाडोल र मनोहरा नीलबाराही क्षेत्रको केही भाग स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नगरपालिकाको बस्ती विकास तथा जग्गा एकीकरणसम्बन्धी ऐन, २०७७ अनुरूप कित्ताकाट, भौतिक संरचना नर्माण तथा फेरबदल र हक हस्तान्तरणमा रोक लगाएपछि स्थानीयलाई निकै समस्या परेको हो ।
बैंकबाट ऋण लिएर घर बनाएकाहरूको २०औं वर्षदेखिको किस्ता तिर्ने तथा रोक्का फुकुवा हुन नसकेको सन्दर्भमा नगरको उक्त रोकावटले धेरै स्थानीयको उठिबास लाग्ने सम्भावना बढेको भन्दै उनीहरू संघर्षरत छन् । उनीहरूले नगरपालिकाले आफ्नो माग सुनुवाइ नगरे थप कडा कदम चाल्ने चेतावनी दिएका छन् । सो ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरू करिब एक हजारजना भइसकेको बताइन्छ । जसको अगुवाइ पुरुषोत्तम खड्का, रघुनाथ खड्का, सुभाष खड्कालगायतले गरेका छन् । यो संघर्ष अभियानमा एक हजार घरपरिवारले साथ दिएका छन् । उनीहरूले नगरका मेयरलाई दिइको ज्ञापनपत्रको बोधार्थ वडा ६ र ९ को कार्यालय, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरलाई दिएका छन् ।
ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउनेहरूले आफूहरू विकासविरोधी नभएको तर नगरपालिकाले विस्तृत परियोजना र स्थानीयले पाउने सेवा सुविधा किटान र सहमति गरेपछि मात्र यसतर्फ कदम चाल्नुपर्ने माग गरेका छन् । अन्यथा, संविधानले नै व्यवस्था गरेको व्यक्तिको सम्पत्तिको हकविरुद्ध हुन जाने उनीहरूको जिकिर छ । आफ्नो पैत्रिक सम्पत्ति उपभोग गर्नबाट वञ्चित गराइने काम संविधानविपरीत हुन जाने भन्दै आफूहरूको माग बेलैमा सुनुवाइ नगरे त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी पनि नगरपालिका र मेयर मदनसुन्दर श्रेष्ठले लिनुपर्ने स्थानीय रघुनाथ खड्काले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply