आठ कम्पनीलाई पुनः स्पष्टीकरण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न सार्वजनिक निकायले सिफारिस गरेका आठ कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण मागेको छ । एक महिनाअघि सोधिएकोमा कुनै जवाफ नआएपछि फेरि स्पष्टीकरण मागिएको हो । ती कम्पनीहरूलाई सात दिनभित्र लिखित जवाफ पठाउन पत्राचार गरेको छ ।
कालोसूचीमा राख्न सिफारिस भएका कम्पनीहरूमा विनायक कन्स्ट्रक्सन हेटौंडा–६ मकवानपुर, आरएस निर्माण सेवा हेटौंडा–४ मकवानपुर, शिव निर्माण सेवा पर्सा हेटौंडा कन्स्ट्रक्सन हेटौंडा–१ मकवानपुर, अभय कन्स्ट्रक्सन वीरगन्ज–३ पर्सा, बेलका कन्स्ट्रक्सन कम्पनी प्रालि इलाम, बराह गोबरग्याँस तथा नवीकरणीय ऊर्जा प्रालि गोंगबु र चन्दननाथ निर्माण सेवा चन्दननाथ–१० जुम्ला छन् । ती कम्पनीमा प्रोपाइटरहरूमा क्रमश राजकुमार चौलागाईं, राजेश उपाध्याय, अच्छेलालप्रसाद चौरासिया, रीतेशजंग थापा, धिरजकुमार चौरासिया, गणेशकुमार राई, कुशल गिरी, र धीरेन्द्रराज गिरी रहेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply