किन एक्कासि रुकुम पुगे प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम गएका छन्।
जनआन्दोलन दिवस चैत २४को अवसर पारेर मंगलबार दिउँसो रुकुमको खलंगमा आयोजित सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुम गएको उनको सचिवालयले जनाएको छ।
‘जनआन्दोलन दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्नका लागि अध्यक्षज्यू रुकुम जानुभएको हो’, सचिवालयका एक सदस्यले भने।
तत्कालीन माओवादी जनयुद्धको आधार इलाका रहेको रुकुममा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवरस पारेर कार्यक्रम गर्न लागेको हो।
नयाँ सत्ता समीकरणको तयारीकै बीच प्रचण्ड रुकुम पुगेका हुन्। उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ।
सभालाई माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायतका नेताहरुले पनि सम्बोधन गर्न बताइएको छ। कार्यक्रमका लागि नेता शर्मा केही दिन अघिदेखिनै रुकुम पुगेका थिए।
नेता शर्माले मंगलबार बिहान जनयुद्धका सहिद नरेन्द्र बुढाको सालिक समेत अनावरण गरेका छन्।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply