‘हटस्पट’ मा लकडाउन र लामो दूरीका यातायात तत्काल बन्द गर्न प्रधानमन्त्रीलाई सीसीएमसीको सुझाव
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा आयोजित छलफल ब्रिफिङ मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका‘ हटस्पट हरूमा नेपालगञ्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् । यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका यातायात तत्काल बन्द गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुर सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ । ठूला शहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको एक मन्त्रीले जानकारी दिएका छन् । सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस विषयमा प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा बुझाउन सीसीएमसीका अधिकारीलाई निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply