‘हटस्पट’ मा लकडाउन र लामो दूरीका यातायात तत्काल बन्द गर्न प्रधानमन्त्रीलाई सीसीएमसीको सुझाव
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा आयोजित छलफल ब्रिफिङ मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका‘ हटस्पट हरूमा नेपालगञ्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् । यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका यातायात तत्काल बन्द गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुर सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ । ठूला शहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको एक मन्त्रीले जानकारी दिएका छन् । सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस विषयमा प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा बुझाउन सीसीएमसीका अधिकारीलाई निर्देशन दिएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply