समृद्धितर्फ फड्को मार्दै लद्धाख
२८ साउन, एजेन्सी । भारत केन्द्र शासित क्षेत्र लद्धाख बिस्तारै बिकास र समृिद्धतर्फ लम्केको छ ।
२ वर्षअघि अगष्ट ५, २०१९ मा आर्टिकल ३७० अन्र्तगत जम्मू र काश्मिरबाट अलग गराइएपछि लद्धाखलाई हराभरा र यहाँका जनतालाई समृद्ध बनाउने उद्धेश्यले भारत सरकारले विगत दुई वर्षदेखि बिकासका थुप्रै परियोजनाहरु यहाँ केन्द्रित गरेको छ ।
बर्षौदेखि बिकासमा पछाडी परेको यहाँको उच्च हिमाली क्षेत्र र समथर क्षेत्रलाई जोड्ने सुरुङ र सडक मार्गहरु बनाइएका छन् । पुर्ननिर्माण परियोजना अन्र्तगत विभिन्न ठाऊमा सडक , सुरुङ मार्ग बनेका छन् भने दुर्गम सिमा क्षेत्रका बासिन्दाहरु सौर्य उर्जाबाट उत्पादित फाईबर अप्टिकलका माध्यमबाट टेलिफोन र ईन्टरनेटको पहुँचसँग जोडिएका छन् ।
भारत सरकारले अन्य थुप्रै बिकासका परियोजनाहरुलाई तीव्रता दिएको छ । अलुस्टेङ–ड्रास–कारगिल ट्रान्सिमिसन प्रणाली परियोजना गत वर्ष मात्र सम्पन्न भएको छ । २०१९ फ्रेबुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ एउटा हाईड्रोईलेक्ट्रिक परियोजनाको समुद्घाटन गरेका थिए ।
२२० केभी ट्रान्सिमसन क्षमताको यो परयोजना सम्पन्न भएपछि यहाँका सबै बासिन्दाको घरघरमा पर्याप्त विजुली पुग्ने बताईएको छ । सो परियोजनाका लागि आर्थिक वर्ष २०२०–२०२१ मा अनुमानित ६० अर्ब रकम छुट्याईएको छ । लद्धाख सिमा क्षेत्रमा यस बाहेक करिव २४ अर्ब रकमका नौ वटा परियोजना संचालनमा छन् ।
यसबाहेक, संगोमा हालैमात्र ८२ मीटर लम्बाईको सडक पुल संचालनमा आएको छ । भारतीय उर्जा मन्त्रालयले ३२०० मेगावाटको मेगा सोलार परियोजना अगाडी सारेको छ । प्रधानमन्त्री मोदीले लद्धाखको ेराजधानी लेहमा बौद्ध अध्ययन सम्बन्धी केन्द्रिय विश्वविद्यालय परियोजनाको पनि उद्घाटन गरेका छन् । यो विश्वविद्यालय स्थापना पछि १० हजार लद्धाखवासी विद्याथी लाभान्वित हुने बताइएको छ । भारतको संघीय सरकारले लेहमा मेडिकल कलेज स्थापनाका लगि २०१९ सेप्टेम्बर २३ मै अनुमति प्रदान गरिसकेको छ ।
लद्धाखलाई कार्बनमुक्त क्षेत्र बनाउनका लागि आगामी वर्षबाट लद्धाख ग्रीन हाउस योजना अगाडी बढाईने भएको छ ।
बिकासको एउटा महत्वपूर्ण अगं सांस्कृति पर्यटन ‘कल्चरण्ल टुरिज्म’ हो भन्ने मान्यतासहित हामस्टेको अवधारणा अघि सारिएको छ भने इको टुरिज्मलाई बढावा दिइएको छ ।
२०१९ मा २ लाख ७९ हजार ९३७ पर्यटकले लद्धाख भ्रमण गरेका थिए । २०२० को जुनसम्ममा ६ जार ७९ जना पर्यटक लद्धाख गएको र त्यसमध्ये ५ हजार १९ जना आन्तरिक र बाँकी वाह्य पर्यटक रहेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply