वडा अधिवेशन अघि नै पौडेल पक्षले सभापतिको उम्मेदवार टुंग्याउने
७ भदौ, काठमाण्डौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी जुटाएको छ।
कांग्रेसले आगामी भदौ १८ गते वडा अधिवेशन गर्ने भएको छ। वर्तमान सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट दोहोरिने रणनीति बनाएपछि वरिष्ठ नेता पौडेलसहितका नेताहरु आन्तरिक छलफल गरिरहेका छन्।
उनीहरुमाथि देउवाविरुद्ध साझा उम्मेदवार तय गर्नुपर्ने दबाब छ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार बसेको पौडेल पक्षका सभापतिका आकांक्षी नेताहरुले वडा अधिवेशनअगावै साझा उमेदवार तय गर्ने समझदारी गरेका हुन्।
छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डाक्टर रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डाक्टर शेखर कोइराला लगायतका नेता सहभागी थिए।
साझा उमेदवार तय गर्न निरन्तर छलफल गर्ने सहमति पनि नेताहरुका बीच भएको नेता बलबहादुर केसीले बताए।
आकांक्षीहरु धेरै हुँदा पौडेल समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन कठिन भएको छ। कांग्रेसले आगामी मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
पाँचौं पटक मिति सारेको कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ महाधिवेशन मिति तय गरेको छ।
सम्बन्धित समाचार
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply